१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ । सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को दश महिनामा ७७.६२ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको हो । एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को दुई महिना बाँकी रहँदा एक लाख २३ हजार ४७५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जानकारी दिए । एक्याप जोमसोमको पर्यटक तथ्याङ्कअनुसार सन् २०२६ को दश महिना अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्षको दुई महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ एक लाख २९ हजार १४६ जना विदेशी पर्यटक वृद्धि भएको हो ।

यसैगरी सन् २०२५ को बाह्र महिनामा २३ हजार ६०४ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिदा सन् २०२६ को दुई महिना बाँकी रहँदा चार हजार ६७१ जना विदेशी विदेशी पर्र्यटक कम भित्रिएका हुन् । जुन अघिल्लो वर्षको भन्दा (१६.५) प्रतिशत कम पर्यटक भित्रिएका हुन् । एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर दुई महिना बाँकी रहेकाले गत वर्षको भन्दा चालुवर्षमा विदेशी पर्यटक सङ्ख्या कम नहुने उल्लेख गरे । यस वर्ष रसुवागढीको विनासकारी बाढी घटना तथा जोमसोम–कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगनलगायत मौसम प्रतिकूलाका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको थियो । यद्यपि मुस्ताङमा सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको सङ्ख्यामा अपेक्षाकृत वृद्धि भएको पाइएको हो । एक्याप जोमसोमका अनुसार सार्क राष्ट्रतर्फ करिब शतप्रतिशत पर्यटक वृद्धि हुनुमा अधिकांश भारतीय पर्यटकको आगमन रहेको उल्लेख गरेको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुँदै गइरहेको एक्यापको भनाइ छ । यसैगरी अन्य राष्ट्रतर्फ मुस्ताङ भित्रिनेमा राउण्ड अन्नपूर्ण चर्किय पदमार्गको मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिनेको सङ्ख्या रहेको एक्यापले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार