काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार दिन बिदामा बसेका हुन्। बिचौलिया इनम सापकोटासँग उठबस गरेको तथ्य मिडियाले सार्वजनिक गरेपछि फुयाल विवादमा तानिएका छन्। उनले आफूले सापकोटासँग फोनबाट कुरा गरेको, अरु न्यायाधीशहरुसहित सामूहिक रुपमा होटलमा गएर भेट गरेको स्वीकार गरेका छन्। राज्यको उच्च ओहोदामा रहेकाहरुसँग शंकास्पद सम्बन्ध राखेको र काम गरेको आरोपमा पक्राउ गरेर सापकोटामाथि अनुसन्धान भइरहेको छ। सापकोटासँगै जोडिएर सर्वोच्चकी अर्की न्यायाधीश शारङ्गा सुवेदी पनि विवादमा तानिएकी छिन्। सोमबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले विवादमा तानिएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धान हुनुपर्ने निर्णय गरेको छ। त्यस्तै सत्तारुढ रास्वपाभित्र पनि विवादित न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला फुयाल इजलास छाडेर बिदामा बसेका हुन्। चार दिनपछि तिहार बिदा पनि सुरु हुनेछ। तिहार र छठका कारण मंसिर लागेपछि मात्रै अदालत खुल्नेछ।

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा
विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित









