दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त, डा. मनोज केसी नयाँ आइजीपी

काठमाडौं,१८ कार्तीक । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने र उक्त पदमा कार्कीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले जानकारी दिनु भयो ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन उक्त पद सिर्जना गरिएको बताँउनु भयो।

 

उहाँले भन्नु भयो, ‘वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय भएको छ।’त्यस्तै, कार्की सुरक्षा सल्लाहकारमा खटिएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

 

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्री पोखरेलले बताँउनु भयो ।यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ । डा. केसीले नयाँ प्रहरी महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्नु हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आईजीपी फेर्ने सरकारको निर्णय विवादमा

काठमाडौं,१८ कार्तीक । सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपीलाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ ।बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने

नवीकरणीय ऊर्जालाई समृद्धिसँग जोड्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं,१८ कार्तीक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने

न्याय प्रक्रिया सहज बनाउन कानुनमन्त्रीको जोड

काठमाडौं ,१८ कार्तीक। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी विधेयक माथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय

होर्मुज जलडमरूमा व्यावसायिक जहाज नचलाउन आईएमओको सुझाव

काठमाडौं ,१८ कार्तीक। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिनु भयो । जलमार्गमा बिछ्याइएका समुद्री

दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त, डा. मनोज केसी नयाँ आइजीपी

काठमाडौं,१८ कार्तीक । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका

दमकमा भन्सार छलीका र प्लास्टिकका फूल बिक्रीमा कडाइः  स्थानीय उत्पादनलाई प्राथमिकता

दमक,१८ कार्तीक ।दमक नगरपालिकाले तिहार लक्षित बजारलाई व्यवस्थित बनाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्सार छली गरी भित्र्याइएका र प्लास्टिकजन्य कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना