मेलमिलाप विधेयक माथि छलफल

न्याय प्रक्रिया सहज बनाउन कानुनमन्त्रीको जोड

काठमाडौं ,१८ कार्तीक। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी विधेयक माथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय निरूपणको प्रक्रियालाई छिटो, सहज र कम खर्चिलो बनाउन मेलमिलापको माध्यम प्रभावकारी बनाउनुपर्ने बताँउनु भएको छ।उहाँले मुद्दा दर्तादेखि फैसला र फैसला कार्यान्वयनसम्म लामो समय लाग्ने विद्यमान न्यायिक प्रक्रियाका कारण नागरिकले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्नु भयो । न्यायका लागि अदालत पुगेका नागरिकले वर्षौंसम्म प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्न वैकल्पिक उपाय खोज्नुपर्ने उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयो, ‘मेलमिलापलाई न्याय प्राप्तिको एउटा महत्त्वपूर्ण र प्रभावकारी विकल्पका रूपमा अघि बढाउनुपर्छ । विवादको प्रकृतिअनुसार सुरुमै मेलमिलापको प्रक्रिया अपनाउन सके अदालतमा मुद्दाको चाप घट्नुका साथै नागरिकले छिटो न्याय पाउन सक्छन् । मुद्दा लड्ने, फैसला आउन लामो समय लाग्ने र फैसला भइसकेपछि पनि कार्यान्वयनमा समस्या हुने अवस्थाको अन्त्य गर्न विकल्प खोज्नु आजको आवश्यकता हो । न्याय प्राप्तिका लागि अदालत पुगेको व्यक्तिले कुन–कुन प्रक्रियाबाट गुज्रिनुपर्छ र ती प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुपर्छ। ती विकल्पमध्ये मेलमिलाप एउटा महत्त्वपूर्ण र प्रभावकारी माध्यम हो ।’

 

उहाँले अदालतमा मुद्दाको चाप बढ्दै जाँदा न्याय सम्पादनमा ढिलाइ भइरहेको जनगुनासो समेत बढेको बताँउनु भयो । मेलमिलाप गर्न सकिने प्रकृतिका विवादलाई अदालत प्रवेश गर्नुअघि नै समाधान गर्न सके अदालतले संवैधानिक तथा नयाँ कानुनी नजिर स्थापित गर्नुपर्ने महत्त्वपूर्ण मुद्दामा बढी समय दिन सक्ने उहाँको भनाइ थियो ।मन्त्री गौतमले लामो समयसम्म मुद्दा चल्दा नागरिकको आर्थिक खर्च बढ्नुका साथै दुई पक्षबीचको सम्बन्धसमेत बिग्रिने गरेको उल्लेख गर्नु भयो । विशेषगरी साना विवादका कारण नागरिक वर्षौंसम्म कानुनी प्रक्रियामा अल्झिनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उहाँले बताँउनु भयो ।

 

यद्यपि, कानुनले मेलमिलाप वा मिलापत्र गर्न अनुमति दिएका विषयमा मात्र यस्तो प्रक्रिया अपनाउन सकिनेमा उहाँले स्पष्ट र्पानु भयो । कानुनले निषेध गरेका विषयमा मेलमिलाप गराउन नमिल्ने भएकाले विधेयकमा कुन विषयमा मेलमिलाप गर्न मिल्ने र कुनमा नमिल्ने भन्ने कुरा स्पष्ट व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।उहाँले भन्नु भयो, ‘हामीले यस्तो न्यायप्रणालीको परिकल्पना गर्नुपर्छ, जहाँ नागरिकले न्यायका लागि वर्षौंसम्म कुर्न नपरोस्, आर्थिक भार पनि खेप्नु नपरोस् र आपसी सम्बन्ध पनि जोगियोस्। समाज सौहार्दपूर्ण ढङ्गले अघि बढोस् भन्ने नै उद्देश्य हो।’मन्त्री गौतमले मेलमिलापसम्बन्धी विधेयकको मूल उद्देश्य पनि नागरिकलाई समयमै न्याय उपलब्ध गराउनु र विवादको सहज समाधान खोज्नु रहेको बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आईजीपी फेर्ने सरकारको निर्णय विवादमा

काठमाडौं,१८ कार्तीक । सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपीलाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ ।बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने

नवीकरणीय ऊर्जालाई समृद्धिसँग जोड्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं,१८ कार्तीक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने

न्याय प्रक्रिया सहज बनाउन कानुनमन्त्रीको जोड

काठमाडौं ,१८ कार्तीक। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी विधेयक माथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय

होर्मुज जलडमरूमा व्यावसायिक जहाज नचलाउन आईएमओको सुझाव

काठमाडौं ,१८ कार्तीक। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिनु भयो । जलमार्गमा बिछ्याइएका समुद्री

दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त, डा. मनोज केसी नयाँ आइजीपी

काठमाडौं,१८ कार्तीक । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका

दमकमा भन्सार छलीका र प्लास्टिकका फूल बिक्रीमा कडाइः  स्थानीय उत्पादनलाई प्राथमिकता

दमक,१८ कार्तीक ।दमक नगरपालिकाले तिहार लक्षित बजारलाई व्यवस्थित बनाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्सार छली गरी भित्र्याइएका र प्लास्टिकजन्य कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना