जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो।संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

 

यसअघि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोडधोइबाट देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका अतिक्रमित संरचना हटाइएको थियो ।सोहीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा समेत अनधिकृत रूपमा निर्माण गरिएका संरचना र गरिएको भोगचलन हटाउने प्रक्रिया अघि बढाइएको गुठी संस्थानले जनाएको छ ।

गुठी संस्थानका अनुसार देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका पोखरी तथा पोखरीको डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण तथा भोगचलन गर्दै आएको पाइएको छ।गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदल र २०६२ सालको प्रतिवेदन कार्यान्वयन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण हटाउन सूचना जारी गरिएको संस्थानले जनाएको छ। जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीहरू लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आएका बेला गुठी संस्थानले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना

बागलुङमा रास्वपा नेताको घरबाट ९ जुवाडे पक्राउ, १ लाख ६४ हजार बरामद

बागलुङ,१८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।बागलुङ बजारमा जुवातास खेल

उर्लाबारीको मोबाइल पसलबाट जुवा खेलि रहेका १० जना पक्राउ

उर्लाबारी,१८ कार्तीक । मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन

फौजदारी तथा घरेलु हिंसामा मेलमिलाप हुँदैन : कानुनमन्त्री गौतम

काठमाडौं,१७ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन

अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ

इलाममा कात्तिक १८ देखि गोदावरी फूल प्रदर्शनी

इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको

मापदण्ड विपरीत कर्मचारी सरुवा गरिएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार