होर्मुज जलडमरूमा व्यावसायिक जहाज नचलाउन आईएमओको सुझाव

काठमाडौं ,१८ कार्तीक। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिनु भयो । जलमार्गमा बिछ्याइएका समुद्री बारुद (माइन) हटाइएको पुष्टि नभएको र जहाजको सुरक्षित आवागमन सुनिश्चित हुन नसकेको भन्दै उहाँले यस्तो सुझाव दिनु भएको छ ।सोमबार आईएमओको परिषद्को १३८औं सत्र उद्घाटनपछि आयोजित प्रश्नोत्तर कार्यक्रममा बोल्दै डोमिन्गुएजले जलमार्गमा जहाज आवागमन गर्ने मार्गमा रहेका समुद्री बारुद हटाइएको हो वा होइन भन्नेबारे संगठनले पुष्टि गर्न नसकेको बताँउनु भयो । त्यसैले उक्त मार्गबाट जहाज सञ्चालन गर्दा सुरक्षाको प्रत्याभूति गर्न नसकिने उहाँको भनाइ छ ।

 

उहाँका अनुसार होर्मुज जलडमरूमा हालसम्म धेरै जहाजमाथि आक्रमण भएका छन् । तर, जारी द्वन्द्वका कारण घटनाको अनुसन्धान प्रभावित भएको छ । केही घटनामा समुद्री बारुद, ड्रोन वा क्षेप्यास्त्रमध्ये कुन माध्यमबाट आक्रमण भएको हो भन्ने यकिन हुन सकेको छैन ।यसैबीच, डोमिन्गुएजले तनाव कम गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको छ। उहाँले चीनसँग सामुद्रिक क्षेत्रमा सहकार्य थप विस्तार गर्ने आईएमओको योजना रहेको पनि बताँउनु भयो ।

 

चीनले आईएमओका कार्यक्रम कार्यान्वयन, प्राविधिक क्षमता विकास, परियोजनालाई सहयोग तथा बन्दरगाह पूर्वाधार र प्रविधि विकासमा थप सहयोग गर्ने विषयमा समझदारी भएको उहाँले जानकारी दिनु भयो ।नोभेम्बर २ देखि ६ सम्म बेलायतको लन्डनमा सञ्चालन भइरहेको आईएमओ परिषद्को पाँचदिने सत्रमा अन्तर्राष्ट्रिय सामुद्रिक मार्गको सुरक्षा र विशेषगरी होर्मुज जलडमरूको अवस्थाबारे छलफल भइरहेको छ ।यसैबीच, इरानी सञ्चारमाध्यमका अनुसार इरानले फेब्रुअरीको अन्त्यदेखि अमेरिका र इजरायलले आफ्ना बन्दरगाह, नागरिक जहाज तथा सामुद्रिक पूर्वाधारमा गरेका आक्रमणसम्बन्धी प्रमाणसहितको प्रतिवेदन आईएमओमा बुझाएको छ । उक्त प्रतिवेदन आईएमओका सदस्य राष्ट्रहरूलाई उपलब्ध गराइएको र वर्तमान सत्रमा त्यसबारे समीक्षा हुने जनाइएको छ । सीसीटीभी प्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आईजीपी फेर्ने सरकारको निर्णय विवादमा

काठमाडौं,१८ कार्तीक । सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपीलाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ ।बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने

नवीकरणीय ऊर्जालाई समृद्धिसँग जोड्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं,१८ कार्तीक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने

न्याय प्रक्रिया सहज बनाउन कानुनमन्त्रीको जोड

काठमाडौं ,१८ कार्तीक। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी विधेयक माथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय

होर्मुज जलडमरूमा व्यावसायिक जहाज नचलाउन आईएमओको सुझाव

काठमाडौं ,१८ कार्तीक। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिनु भयो । जलमार्गमा बिछ्याइएका समुद्री

दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त, डा. मनोज केसी नयाँ आइजीपी

काठमाडौं,१८ कार्तीक । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका

दमकमा भन्सार छलीका र प्लास्टिकका फूल बिक्रीमा कडाइः  स्थानीय उत्पादनलाई प्राथमिकता

दमक,१८ कार्तीक ।दमक नगरपालिकाले तिहार लक्षित बजारलाई व्यवस्थित बनाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्सार छली गरी भित्र्याइएका र प्लास्टिकजन्य कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना