आईजीपी फेर्ने सरकारको निर्णय विवादमा

काठमाडौं,१८ कार्तीक । सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपीलाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ ।बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी भएको औंल्याँउनु भयो ।उहाँले भन्नु भयो,‘लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएकाबेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई जिम्मेवारीबाट हटाएको थियो । उक्त विषय अदालतसम्म पुगेको र पछि खरेल पुनःजिम्मेवारीमा फर्किएको नजिर छ,’ उहाँले अगाडि भन्नु भयो,‘कानुनी पाटो, पूरानो नजिर वा कानुनी वैधताको परीक्षण नै नगरी गरिएको निर्णयले गम्भीर दुर्घटना निम्ताउन सक्छ ।’

 

त्रिपाठीले यस्ताखाले निर्णयले सुरक्षा निकायलाई गलत बाटोमा लैजाने र सुरक्षा निकाय धरासायी बनाउने खतरा रहेको पनि बताँउनु भयो ।‘प्राविधिक रुपमा हेर्दा मन्त्रिपरिषद्लाई निर्णय गर्ने अधिकार रहेपनि जे पनि गर्न भने पाइँदैन् । बन्दुक हातमा छ भन्दैमा जथाभावी पड्काउन पाइँदैन भनेजस्तै अधिकार छ भन्दैमा विवेकहीन निर्णय गर्नपनि पाइँदैन । संवेदनशील मामलामा यसरी अपरिपक्व निर्णय गर्दा स्टेट फेल हुनसक्छ,’ उहाँले भन्नु भयो ।महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएको विषय अदालत पुग्यो भने अदालतले कानुन उल्लघंन भए नभएको हेर्ने, विवेकपूर्ण निर्णय भए नभएको हेर्ने र पूराना नजिरहरुपनि हेरेर निर्णय लिनसक्ने पनि उहाँले बताँउनु भयो ।

 

वुधबारको मन्त्रिपरिषद् बैठकले हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिंदै एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक आईजीपी बनाउने निर्णय गरेको थियो ।उक्त निर्णयका सम्बन्धमा विभिन्न दलका नेता, अभियन्ता, कानुन व्यवसायी तथा सरोकारवालाहरुले विरोध जनाउन थाल्नु भएको छ । पत्रकार हरिबहादुर थापाले कार्की फेरि कुर्सीमा फर्किनसक्ने संकेत गर्नु भएको छ ।‘अदालतले आफ्नै नजिरको पालना गर्यो भने कार्की फेरि कुर्सीमा फर्किनु भएको छ । अच्युतकृष्ण प्रकरणमा अदालती बोली : सरकारको निर्णय आधार, कारण र औचित्यविहिन मात्र नभई वदनियतपूर्ण भएकाले कानुनी राज्यको अवधारणा प्रतिकूल रहेको देखिँदा रितपूर्वकको निर्णय भन्न नमिल्ने,’ थापाले लेख्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आईजीपी फेर्ने सरकारको निर्णय विवादमा

काठमाडौं,१८ कार्तीक । सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपीलाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ ।बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने

नवीकरणीय ऊर्जालाई समृद्धिसँग जोड्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं,१८ कार्तीक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने

न्याय प्रक्रिया सहज बनाउन कानुनमन्त्रीको जोड

काठमाडौं ,१८ कार्तीक। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी विधेयक माथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय

होर्मुज जलडमरूमा व्यावसायिक जहाज नचलाउन आईएमओको सुझाव

काठमाडौं ,१८ कार्तीक। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिनु भयो । जलमार्गमा बिछ्याइएका समुद्री

दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त, डा. मनोज केसी नयाँ आइजीपी

काठमाडौं,१८ कार्तीक । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका

दमकमा भन्सार छलीका र प्लास्टिकका फूल बिक्रीमा कडाइः  स्थानीय उत्पादनलाई प्राथमिकता

दमक,१८ कार्तीक ।दमक नगरपालिकाले तिहार लक्षित बजारलाई व्यवस्थित बनाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्सार छली गरी भित्र्याइएका र प्लास्टिकजन्य कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना