बिर्तामोड , १९ कात्तिक । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडमा छुरा प्रहारबाट बाबुछोरासहित तीनजना घाइते भएका छन् ।गएराति १० बजेतिर बिर्तामोड ३ सैनिकमोड बस्ने ३८ वर्षीय सुवास नेपालीले धारिलो हतियार छुरा प्रहार गरी तीनजनालाई घाइते बनाएका हुन् । छुरा प्रहारबाट सोही ठाउँ बस्ने बर्ष ४५का प्रेम दर्नालको बायाँ कानमा चोट लागेको छ भने उहाँका छोरा बर्ष २०का निखिल दर्नालको टाउकोमा चोट लागेको छ । त्यस्तै सोही ठाउँ बस्ने बर्ष २५की लुकी बनिया (सन्थाल) को बायाँ हातमा चोट लागेको छ ।
तीनै जना घाइतेलाई उपचारको लागि बिर्तामोड नगर अस्पताल बिर्ताबजार पठाइएको छ । ,उहाँहरुको अबस्था सामान्य रहेको बुझिएको छ । धारिलो हतियार प्रहार गर्ने नेपाली तत्काल फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।










