बिरालोको टोकाइबाट रेबिज : खोटाङकी कृष्ण मायाको मृत्यु

कात्तिक ,१९ कार्तीक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको ज्यान गएको हो । तीन महिनाअघि बिरालोले खुट्टामा टोकेकी थापाको कात्तिक १८ गते मृत्यु भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतले बताँउनु भयो ।कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका एचए रमेश यादवले चेकजाँज गर्दा रेबिज लागेको आशंकामा बिरामीलाई अस्पताल रेफर गरिएको थियो । आफन्तले बिरामीलाई तत्काल बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा पुर्‍याएका थिए ।

 

रेबिज लागेको पूष्टि भएपछि बिराट टिचिङले नोबेल मेडिकल कलेजमा रेफर गरेको थियो तर नोबेल मेडिकल कलेजले उपचार सम्भव नहुने भन्दै भर्ना गर्न अस्वीकार गरेको थियो । त्यसपछि घर फर्काउने क्रममा बिरामीको मृत्यु भएको प्रवक्ता बस्नेतले बताँउनु भयो । थापाले तीन महिनाअघि रातको समयमा बिरालोले खुट्टामा कोतरेको बताँउनु भएको थियो ।यसैबीच, रेबिज संक्रमितलाई अस्पताल पठाउनेक्रममा खटिएका तथा छोएका २८ स्थानीयलाई रेबिज बिरुद्धको खोप लगाइएको छ । बिरामीको सम्पर्कमा पुगेका स्थानीयलाई कात्तिक १८ गते आधारभूत अस्पताल ओख्रेबाट रेबिज बिरुद्धको खोप दिइएको हो ।

 

बिरामीको चेकजाँच गरेका एचए यादवले समेत खोप लगाँउनु भएको थियो । संक्रमणको आशंका गरिएका १० जनालाई खोप दिन बाँकी नै छ ।दोस्रो डोजका लागि भने आधारभुत अस्पतालमा खोपको अभाव भएको छ । खोप व्यवस्थापनका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय सुरु गरिसकेको प्रवक्ता बस्नेतले बताँउनु भयो ।प्रदेश सरकारबाट खोप प्राप्त नभए गाउँपालिका आफैले खोप खरिद गरेर व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले प्रतिबद्धता जनाँउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको माग

काठमाडौँ ,१९ कार्तीक। नेपाल चिकित्सक संघले आमरण अनशनमा रहनु भएको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले

बिरालोको टोकाइबाट रेबिज : खोटाङकी कृष्ण मायाको मृत्यु

कात्तिक ,१९ कार्तीक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ कात्तिक । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान

एभोकाडो र आँपले कसरी सुधार्छ मुटुको स्वास्थ्य ?

काठमाडौं ,१९ कार्तीक। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका

जिम्मेवारी पाए उदयपुर सिमेन्ट दोब्बर चलाउँछौँ : मुख्यमन्त्री कार्की

उदयपुर,१९ कार्तीक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिए विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा सञ्चालन गरेर देखाउने दाबी

मिडिया काउन्सिल अध्यादेशका प्रावधान पुनर्विचार गर्न धर्मेन्द्र झाको माग

ललितपुर ,१९ कार्तीक। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल न्यूज बैंकका प्रमुख सम्पादकीय सल्लाहकार, अग्रज पत्रकार एवम् लेखक धर्मेन्द्र झाले मिडिया काउन्सिलसम्बन्धी अध्यादेशले सञ्चारमाध्यमलाई नियन्त्रण

नेपथ्यको धुनमा झुम्यो इटहरी

इटहरी,१९ कार्तीक । चिसो मौसमको कुनै प्रवाह थिएन । साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो । कोही साथीभाइसँगै आइपुगेका थिए, कोही परिवारसहित