काठमाडौँ ,१९ कार्तीक। नेपाल चिकित्सक संघले आमरण अनशनमा रहनु भएको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५औँ आमरण अनशनमा रहनु भएको डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकाले जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन आग्रह गरेको हो ।
डा.केसीले उठाएका माग सम्बोधन गरी समस्याको समाधान खोज्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।यस विषयमा संघले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनी मार्गमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सक सहित छलफल कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ । इलामबाट पछिल्लो अनसन बसेका केसी हाल काठमाडौँमा उपचाररत हुनुन्छ ।










