विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।जसको खेलतालिका सार्वजनिक भएको छ। सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल मंसिर २० मा युगाण्डासँग खेल्नेछ । त्यसपछि नेपालले मंसिर २४ मा युएई, २६ मा जर्सी र २८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै, नेपालले पुस ३ मा नामिबिया र ६ मा कुवेतसँग खेल्ने तालिका छ ।

 

यो प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता रहनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गरेका छन् ।नेपालले खेल्ने सबै खेल कीर्तिपुरमा हुनेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म

कागको भाषा निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौं,२१ कार्तीक । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई