अनुसन्धान जारी

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ। भन्सार छली ल्याइएका सामानसँगै बरामद उक्त पदार्थको प्रयोगशाला परीक्षणपछि वास्तविक प्रकृति खुलेको हो।प्रहरीले गत कात्तिक १० गते धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेमा इटहरीबाट धरानतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो। बोराभित्र प्याकिङ गरेर राखिएको अवस्थामा बरामद ४७ किलो सेतो ठोस पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाइएको थियो।

 

प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा उक्त पदार्थ कम विस्फोटक पदार्थ अर्थात् गन पाउडरमा प्रयोग हुने घटक भएको उल्लेख छ। परीक्षण प्रतिवेदन प्राप्त भएपछि प्रहरीले पक्राउ परेका तीन जनामाथि अभद्र व्यवहारसँगै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको छ।सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मिनी ट्रकमा सवार व्यक्तिहरूले भन्सार छली ल्याइएका विभिन्न सामानसँगै उक्त पदार्थ ओसारपसार गरिरहेका थिए। चेकजाँचका क्रममा सामान नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहारसमेत गरेको खड्काले बताँउनु भयो।त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमार्फत अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो। प्रयोगशालाको प्रतिवेदनपछि अनुसन्धानको दायरा विस्तार गर्दै विस्फोटक पदार्थसम्बन्धी कसुरसमेत थपिएको हो।

 

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन्।कात्तिक १० गते बरामद भएको पदार्थको वास्तविक प्रकृति प्रयोगशाला परीक्षणपछि मात्रै खुलेको हो। प्रहरीले शनिबार (कात्तिक २१ गते) घटनाबारे जानकारी दिँदै तीनै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जनाएको छ।

भन्सार छलीका सामानसँगै ठूलो परिमाणमा बारुदको घटक फेला परेपछि उक्त पदार्थ कहाँबाट ल्याइएको थियो, कहाँ पुर्‍याउन खोजिएको थियो र के प्रयोजनका लागि ओसारपसार गरिएको थियो भन्ने विषय अनुसन्धानको केन्द्रमा परेको छ।डीएसपी खड्काका अनुसार पदार्थको स्रोत, गन्तव्य र सम्भावित प्रयोगबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि घटनासँग सम्बन्धित थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक