करौडो लगानीको भ्यूटावर प्रयोगबिहिन

कालीकोट,२२ कात्तिक । कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर प्रयोगबिहिन बनेको हो ।

युद्ध पर्यकटीय क्षेत्रलाई पिलीमा पर्यटकलाई आक्रर्षण गर्नका लागि भ्युटावरको निर्माण गरिएको थियो । भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगबिहिन तथा अलपत्र परेको छ ।

कर्णाली राजमार्गको छेउमा रहेको पिली डाँडामा अग्लो र गोलाकार भवन बनेको छ । ६ करोड बढी लागतमा निर्माण गरिएको भ्यूटावर संरक्षण नहुँदा अहिले अलपत्र अवस्थामा रहेको छ ।

पर्यटकीय क्षेत्रमा निर्माण गरिएको भ्युटावरका स्टिलका बार, सिसा चोरी हुन थालेका छन् ।

तत्कालिन माओवादी र शाही सेनाबीच भएको युद्धको सम्झनामा निर्माण गरिएको भ्यूटावरसहितको युद्ध पर्पटकीय क्षेत्र अहिले संरक्षण नहुँदा अलपत्र अवस्थामा पुगेको खाँडाचक्र नगरपालिका–७ का स्थानीय रनबहादुर कार्कीले बताउनु भयो ।

‘युद्ध संग्रहालयको अवधारणामा निर्मित यो भ्युटावरमा एउटा गेट, तीनवटा प्रतीक्षालय, दुईवटा चौतारा, फाउन्टेनसहितको एउटा पानीपोखरी, एउटा टिकट काउन्टर र शौचालयजस्ता कंक्रिट संरचना छन्,’ उहाँले भन्नु भयो, ‘अहिले यी सबै संरचनाहरुको कुनै निकाय संरक्षण नगर्दा जिर्ण अवस्थामा पुगेका छन्, भने बनेका संरचनाका स्टीलबार लगाएतका सामान चोरी हुन थालेका छन् ।’

पिलीलाई नमुना बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न २०७९ सालमा डिभिजन वन कार्यालय कालीकोटले आठ करोड ८९ लाख ९१ हजार रुपैयाँमा ठेक्का आह्वान गरेकोमा कुशेश्वर कन्स्ट्रक्सन प्रालिले छ करोड ८९ लाख ९९ हजार लागतमा दुई वर्षअघि भ्यूटावर निर्माण गरेको थियो ।

पिलीको अग्लो डाँडामा २० मिटर अग्लो भ्यूटावर, पौडी पोखरी, त्यहाँसम्म पुग्नका लागि स्टीलबारको निर्माण गरिएको थियो । डिभिजन वन कार्यालय कालीकोटमार्फत युद्ध संग्रहालय, स्टीलबारसहित करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्युटावर, टिकट काउन्टर, बुट्यानसहितका दुईवटा चौतारा, शौचालय र गेट निर्माण गरिएको छ ।

निर्माण गर्ने सरकारी कार्यालयले स्थानीय तहको जिम्मा नलगाएकाले संरचना भत्किँदै गएको खाँडाचक्र –७ का वडाध्यक्ष दीपकराज कार्कीले बताए । उनले यो संरचनाको संरचना कसको जिम्मा हो भन्ने एकिन नहुँदा अहिले अलपत्र अवस्थामा पुगेको बताए ।

भ्यूटावरको निर्माण काम सकिएपनि यसको हस्न्तारणका बिषयमा अहिलेसम्म कुनै पनि काम नभएको डिभिजन वन कार्यालय प्रमुख अमर साहले बताए । उनले अबका दिन आवश्यक प्रक्रिया पुरा गरेर कसले संरक्षण गर्ने भन्ने बिषयमा जिम्मेवारी बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका व्यापारी कानुनको धज्जी उडाउँदै, पालना गर्दैनन् नियम

दमक, २२ कार्तिक । यस वर्षको तिहारमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकजन्य फूल मात्र नभई भारतबाट आयात गरिएका फूलमा समेत प्रतिबन्ध लगाइएको छ।

दमक–रवि चिसापानी सडक निर्माणमा योगदान कसको कति? धर्मगुरु लिङ्देनको आयो यस्तो प्रस्टोक्ति

दमक, २२ कात्तिक। दमकबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म जोड्ने दमक–रवि–चिसापानी सडक निर्माणका लागि नयाँ ठेक्का लागेको छ। करिब २ अर्ब रुपैयाँमा नयाँ ठेक्का लागेसँगै

कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो :मन्त्री चौधरी

काठमाडौं ,२२ कात्तिक । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस

प्रधानमन्त्री पत्नीद्वारा कुकुर तिहार विशेष कार्यक्रम आयोजना

काठमान्डौ,२२ कात्तिक । प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्नु भएको छ ।   आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना

रवि लामिछानेद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना

काठमाडौं ,२२ कार्तीक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ

ढकमक्क फूलेका यी सयपत्री फूल, जसले तीहारलाई मात्रै स्वागत गरेन भारतको आयातलाई समेत प्रतिस्थापीत गर्यो

दमक, २२ कात्तिक। दमकमा उत्पादन भएका सयपत्री फूलले यस वर्ष तिहारको बजारमा राम्रो स्थान बनाएका छन्। स्थानीय उत्पादन बढेसँगै भारतीय फूलको आयात प्रतिस्थापन हुन थालेको

करौडो लगानीको भ्यूटावर प्रयोगबिहिन

कालीकोट,२२ कात्तिक । कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर