दमक–रवि चिसापानी सडक निर्माणमा योगदान कसको कति? धर्मगुरु लिङ्देनको आयो यस्तो प्रस्टोक्ति

दमक, २२ कात्तिक। दमकबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म जोड्ने दमक–रवि–चिसापानी सडक निर्माणका लागि नयाँ ठेक्का लागेको छ। करिब २ अर्ब रुपैयाँमा नयाँ ठेक्का लागेसँगै यो सडक निर्माण र बजेट विनियोजनको सन्दर्भमा विभिन्न दल तथा व्यक्तिहरूले जस लिने गरी सामाजिक सञ्जालमा समेत प्रचार गरिरहेका छन्।सत्तारूढ दल रास्वपाका नेता तथा कार्यकर्ताहरूले बालेन सरकारको जयजयकार गरिरहेका छन् भने नेकपाका नेता घनश्याम भुसाल लगायत इलामका स्थानीय नेताहरूले केपी ओली प्रधानमन्त्री भएकै पालाको बजेट आएको भन्दै जस लिने प्रतिस्पर्धा गरिरहेका छन्।

 

यस्तो दोहोरी सामाजिक सञ्जालमा देखिएपछि इलामको माङसेबुङ स्थित लारुम्बाका धर्मगुरु आत्मानन्द लिङ्देनको सचिवालयले पनि आफ्नो दाबीसहित पत्रकार सम्मेलन गरेको छ।आइतबार दमकमा पत्रकार सम्मेलन गर्दै सचिवालयले सडकको परिकल्पनादेखि अहिलेसम्मको अवस्थासम्ममा सबैभन्दा बढी योगदान धर्मगुरुकै रहेको दाबी गरेको छ।किरात धर्मगुरुका प्रवक्ता डिल्लीराम चाम्लिङले सडक निर्माणका लागि प्रधानमन्त्री बालेन शाहलाई आफ्नै आश्रममा बोलाएर धर्मगुरुले अनुरोध गरेपछि मात्रै करिब २ अर्ब रुपैयाँ बजेट विनियोजन भई ठेक्का स्वीकृत भएको र निर्माण कम्पनीसमेत छनोट भएको तर्क गर्नुभयो।

उहाँले यो सडकमा हरेक पटक सरकारले बजेट छुट्याउँदा दमक–रवि–चिसापानी सडक भनेर छुट्याइएकोमा समेत आपत्ति जनाउनुभयो। यसअघि पनि यस्तै भएको र अहिले पनि दोहोरिएको उहाँको भनाइ थियो। २०५५ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा फाल्गुनन्द मार्ग नामकरण गरिएको सडकको पटक–पटक नाम परिवर्तन हुँदै आएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो।त्यस्तै, पत्रकार सम्मेलनमा किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष डा. डकेन्द्र थेगिमले सडक निर्माण समयमै सम्पन्न गराउन छुट्टै संयन्त्र आवश्यक रहेको बताउनुभयो। त्यसलाई पहिचान गरी अब नागरिक तहबाटै खबरदारी र बहिष्कार गर्नुपर्ने चेतावनीसमेत दिनुभयो।

 

किरात धर्मगुरुको धाम जाने सडकमा भइरहेको फोहोरी राजनीतिका कारण निर्माण कार्य समयमै सम्पन्न नहुने आशंका व्यक्त गर्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिहरू समेत यस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभयो। अब त्यस्तो प्रवृत्ति त्यागेर समयमै सडक निर्माण सम्पन्न गर्न सबै पक्ष सकारात्मक बन्नुपर्ने उहाँको धारणा थियो।पत्रकार सम्मेलनमा २०४३ सालमा तत्कालीन राजा वीरेन्द्र शाह धनकुटा सवारी भएका बेला धर्मगुरुले यो सडक निर्माणका लागि बिन्तीपत्र चढाएको प्रसङ्गसमेत उठाइएको थियो। सडकको सुरुवातदेखि अहिलेसम्म धर्मगुरुकै योगदान र भूमिका रहेको दाबी गर्दै यसको जस अरू कसैले नलिनसमेत पत्रकार सम्मेलनमार्फत अनुरोध गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका व्यापारी कानुनको धज्जी उडाउँदै, पालना गर्दैनन् नियम

दमक, २२ कार्तिक । यस वर्षको तिहारमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकजन्य फूल मात्र नभई भारतबाट आयात गरिएका फूलमा समेत प्रतिबन्ध लगाइएको छ।

दमक–रवि चिसापानी सडक निर्माणमा योगदान कसको कति? धर्मगुरु लिङ्देनको आयो यस्तो प्रस्टोक्ति

दमक, २२ कात्तिक। दमकबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म जोड्ने दमक–रवि–चिसापानी सडक निर्माणका लागि नयाँ ठेक्का लागेको छ। करिब २ अर्ब रुपैयाँमा नयाँ ठेक्का लागेसँगै

कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो :मन्त्री चौधरी

काठमाडौं ,२२ कात्तिक । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस

प्रधानमन्त्री पत्नीद्वारा कुकुर तिहार विशेष कार्यक्रम आयोजना

काठमान्डौ,२२ कात्तिक । प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्नु भएको छ ।   आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना

रवि लामिछानेद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना

काठमाडौं ,२२ कार्तीक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ

ढकमक्क फूलेका यी सयपत्री फूल, जसले तीहारलाई मात्रै स्वागत गरेन भारतको आयातलाई समेत प्रतिस्थापीत गर्यो

दमक, २२ कात्तिक। दमकमा उत्पादन भएका सयपत्री फूलले यस वर्ष तिहारको बजारमा राम्रो स्थान बनाएका छन्। स्थानीय उत्पादन बढेसँगै भारतीय फूलको आयात प्रतिस्थापन हुन थालेको

करौडो लगानीको भ्यूटावर प्रयोगबिहिन

कालीकोट,२२ कात्तिक । कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर