पाँचथरका अग्रज पत्रकार कबिन्द्र सेर्माको निधन

पाँचथर, ५ मंसिर । करिव तीन दशक अघिदेखि पत्रकारितामा सकृय पाँचथरका पत्रकार कबिन्द्र सेर्मा (कालिबहादुर) को निधन भएको छ ।क्यान्सर रोगबाट पीडित सेर्माको गएराति काठमाण्डौमा निधन भएको हो ।पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउँपालिका–२) मा जन्मिएका सेर्माले २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गर्नु भएको थियो। उहाँले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गर्नु भएको थियो ।

 

पाँचथरका लागि रेडियो नेपालका संवाददाता रहनु भएको थियो। त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध हुनु भएको थियो। रेडियो समात्ल्हुङ र रेडियो इगलमा संस्थापक म्यानेजर रहनु भएको थियो । त्यसपछि उहाँले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्यानु भएको थियो ।

 

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका संस्थापक अध्यक्षसमेत रहनु भएको का सेर्माले जिल्लाको पत्रकारिता क्षेत्रको संस्थागत विकासमा समेत योगदान पुर्‍याउनु भएको छ । उहाँ झण्डै ३ वर्षदेखि क्यान्सर रोगको उपचारमा हुनुन्थ्यो । भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आँउनु भएको उहाँ थप उपचारका लागि भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालसमेत पुग्नु भएको थियो । उपचारकै क्रममा काठमाडौंमा उहाँको निधन भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका