होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को नौसेनाले जनाएको छ ।शुक्रबार जारी विज्ञप्तिमा ट्यांकर अमेरिकी सेनाको सहयोगमा होर्मुज जलमार्गमा अनधिकृत मार्गबाट पार गर्ने प्रयासमा रहेको बेला माइनमा ठोक्किएको दाबी गरिएको छ । आईआरजीसीको आधिकारिक सञ्चार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक विज्ञप्तिमा नौसेनाले उक्त जानकारी दिएको हो ।

 

नौसेनाले होर्मुज जलमार्ग र खाडी क्षेत्रमा अनुमति नलिई हुने कुनै पनि जहाजको आवागमन आफ्नो निगरानीबाट उम्कन नसक्ने चेतावनी दिएको छ । उसले ट्यांकरहरू नौसैनिक माइनमा ठोक्किनुमा जलमार्गसम्बन्धी नियम उल्लंघन, अनधिकृत मार्गको प्रयोग र अमेरिकी सेनाले फैलाएको भनिएको गलत सूचनामा विश्वास गर्नु जिम्मेवार रहेको आरोप लगाएको छ ।यसअघि फेब्रुअरी २८ मा इरानले आफ्नो भूभागमा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि होर्मुज जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएको थियो । इरानले अमेरिका र इजरायलसँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजलाई सुरक्षित आवागमनको अनुमति नदिने घोषणा गरेको थियो । सीसीटीभी प्यलस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका