नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

काठमाडौं,९ मंसिर । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताँउनु भएको छ । बुधबार अर्थ समितिको बैठकमा नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष परिचालनको अवस्था, लगानी र प्रतिफलको स्थिति, भावी कार्ययोजना तथा समस्या एवं सुधारका क्षेत्रबारे जानकारी दिँदै उहाँले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको बताँउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘यो ४७ सालमा आएको विधेयक, यसलाई अलिकति समयानुकूल अद्यावधिक गर्न नै हामीले खोजेका हौँ । र त्यसो गर्नका पछाडि यसको क्षमता अभिवृद्धि गर्ने, कोषको पुँजी संरचनामा चाहिँ सुधार गर्नलाई अब यो चुक्ता पुँजी पनि वृद्धि गर्ने, लगानीका क्षेत्र र वित्तीय उपकरणहरू अहिले नयाँ–नयाँ वित्तीय उपकरणहरू आइरहेका छन त्यसको दायरा पनि विस्तार गर्ने ।’उहाँका अनुसार कोषको पुँजी ८ अर्बबाट १० अर्ब रुपैयाँ पुर्याउने, सेयर कित्ता ८ करोडबाट १० करोड पुर्याउने तथा चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ ।विधेयकमा निजी इक्विटी, भेन्चर क्यापिटलजस्ता नयाँ लगानीका क्षेत्रसँगै पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने विषयसमेत समेटिएको छ ।

 

‘जस्तो ४७ साल अलि पुरानो युगमा हामीले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता विषयमा प्रवेश गरेका थिएनौँ। अब त्यता पनि गर्नुपर्ने भयो । त्यस्तै पूर्वाधार र उत्पादनमूलक एवं आवास क्षेत्रमा पनि(हाउजिङ सेक्टर पनि ठूलो,’उहाँले भन्नु भयो ।विधेयकमा कोषको परिभाषा तथा कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, लगानीका क्षेत्र तथा वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरणलगायत विषय समेटिएको उहाँले बताँउनु भयो ।संशोधन प्रस्तावअनुसार सञ्चालक समितिको पुनर्संरचना दफा २५ मा, लगानीका क्षेत्र तथा वित्तीय उपकरण विस्तार दफा ३२ मा र लेखा प्रणालीको आधुनिकीकरण दफा ३७ र ३८ मा व्यवस्था गरिएको छ । त्यस्तै, कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार निर्धारण तथा कोषको विशेष अधिकार विस्तार गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ ।

 

त्यस्तै, मुद्दती निक्षेपमा लगानीसम्बन्धी व्यवस्था, राष्ट्रिय बीमा संस्थानको सट्टा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड राख्ने तथा कानुनी शब्दावलीमा आवश्यक परिमार्जन गर्ने प्रस्तावसमेत विधेयकमा गरिएको छ ।अर्थमन्त्री वाग्लेले संशोधनपछि कोषको पुँजीगत तथा संस्थागत क्षमता अभिवृद्धि हुने, राष्ट्रिय प्राथमिकताका पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुने अपेक्षा गरिएको बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल–भारत सीमा क्षेत्रमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा, ९ मंसिर । नेपाल– भारत सीमा क्षेत्रमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको छ ।भारत पश्चिम बंगालको खोरीवारीको चन्नाजोत भन्ने ठाउँमा करेन्ट लागेर पोथी

विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति

काठमाडौँ,९ मंसिर । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

काठमाडौं,९ मंसिर । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताँउनु भएको छ

मिडिया माथिको हस्तक्षेपविरुद्ध पत्रकारहरू आन्दोलनमा

काठमाडौँ,९ मंसिर । विभिन्न मिडिया हाउसमा प्रहरीको हस्तक्षेपविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । ‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामुहिक गिरफ्तार गर’ भन्दै उनीहरूले काठमाडौँ, भक्तपुर र

बेपत्ता युवतीको खोजी गर्न माग गर्दै दुहबीमा चक्काजाम

दुहबी,९ मंसिर । ईलाका प्रहरी कार्यालयअगाडि टायर बालेर सुनसरीको दुहबीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । छोरी बेपत्ता भएको १ महिना बितिसक्दा समेत किटानी जाहेरीउपर

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं,९ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई

ओलीले राजीनामा मागेपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, नेकपाले दियो नछोड्न सुझाव

विराटनगर,९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा पर्नु भएको छ ।उहाँले