विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति

काठमाडौँ,९ मंसिर । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो ।सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिनु भएको थियो । उहाँले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि समग्र व्यवस्थापनका लागि आवश्यक निर्देशन र पहल गर्नु भएको थियो।

 

मन्त्री श्रेष्ठको सक्रियतामा १२.२६ प्रतिशत चुहावट १२.१६ प्रतिशतमा झरेको हो । प्रधानमन्त्री कार्यालयले चुहावट १२.२० प्रतिशतमा झार्न ऊर्जा मन्त्रालयलाई लक्ष्य दिएको थियो । मन्त्री श्रेष्ठको नेतृत्वमा चुहावट लक्ष्यभन्दा ०.४ प्रतिशत बढीले नियन्त्रणमा आएको हो ।नेपाल विद्युत प्राधिकरणकाअनुसार ०८१र०८२ मा १२.२६ प्रतिशत विद्युत चुहावट ०८२र०८३ मा १२.१६ प्रतिशतमा झरेको हो । चुहावट अझै न्यूनीकरण गर्नेगरी प्राविधिक पक्ष र व्यवस्थापनलाई चुस्त बनाइएको मन्त्री श्रेष्ठले बताँउनु भयो ।

 

प्राधिकरणकाअनुसार चोरी, मर्मत सम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्याहरु आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो ।विद्युत नेटवर्क स्तरोन्नति, समयमा मर्मत सम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारको तथ्यांक हेर्दा दक्षिण एसियामा औसतमा १३.८ प्रतिशत चुहावट रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल–भारत सीमा क्षेत्रमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा, ९ मंसिर । नेपाल– भारत सीमा क्षेत्रमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको छ ।भारत पश्चिम बंगालको खोरीवारीको चन्नाजोत भन्ने ठाउँमा करेन्ट लागेर पोथी

विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति

काठमाडौँ,९ मंसिर । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

काठमाडौं,९ मंसिर । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताँउनु भएको छ

मिडिया माथिको हस्तक्षेपविरुद्ध पत्रकारहरू आन्दोलनमा

काठमाडौँ,९ मंसिर । विभिन्न मिडिया हाउसमा प्रहरीको हस्तक्षेपविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । ‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामुहिक गिरफ्तार गर’ भन्दै उनीहरूले काठमाडौँ, भक्तपुर र

बेपत्ता युवतीको खोजी गर्न माग गर्दै दुहबीमा चक्काजाम

दुहबी,९ मंसिर । ईलाका प्रहरी कार्यालयअगाडि टायर बालेर सुनसरीको दुहबीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । छोरी बेपत्ता भएको १ महिना बितिसक्दा समेत किटानी जाहेरीउपर

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं,९ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई

ओलीले राजीनामा मागेपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, नेकपाले दियो नछोड्न सुझाव

विराटनगर,९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा पर्नु भएको छ ।उहाँले