भोटेकोशी बाढी

हराएका पशुका अवशेष खोज्दै स्थानीय

काठमाडौं ,११ मंसिर। गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् । बाढीले बंगुर, बाख्रा तथा कुखुरापालन फार्ममा क्षति पु¥याएपछि हराएका पशुका अवशेष खोज्न स्थानीय सक्रिय भएका हुन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा स्थानीय फूलबहादुर तामाङले भदौ १० गते आएको बाढीले क्षति पु¥याएका क्षेत्रमा पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम भइरहेको बताँउनु भयो। उहाँले वडाबाट ३० जनाको समिति गठन गरी बाढी प्रभावित क्षेत्रमा खोजी तथा सरसफाइको काम भइरहेको बताँउनु भयो ।

 

उहाँले बाढीले क्षति पु¥याएका बंगुर तथा बाख्रा फार्महरूमा पुगेर पशुका हड्डी तथा अवशेष खोज्ने र भेटिएका अवशेषलाई खाल्डो खनेर गाड्ने काम भइरहेको जानकारी दिनु भयो । हालसम्म दुई ठाउँमा पशुका हड्डी भेटिएको र ती सबै व्यवस्थापन गरिसकिएको उहाँको भनाइ छ ।उहाँले बाढीका कारण जंगल आसपास तथा माथिल्लो गाउँका स्थानीयले सञ्चालन गरेका बाख्रा र बंगुर फार्ममा ठूलो क्षति पुगेको बताँउनु भयो । स्थानीयले जीविकोपार्जनका लागि आठ–दश वटासम्म बाख्रा र दुई–चार वटासम्म बंगुर पाल्दै आएका थिए। तर बाढीले फार्म तथा पशुपालन व्यवसायमा क्षति पु¥याउँदा उनीहरूको आम्दानीको स्रोत नै गुमेको उहाँले बताँउनु भयो ।तामाङका अनुसार बाढीपछि स्थानीय कृषकले सडक र खानेपानीको समस्या भोगिरहेका छन् । बाढीले बाटो भत्काउनुका साथै खानेपानीका मुहान तथा सिँचाइका संरचना पुरिएका कारण पानीको अभावसमेत भएको छ ।

 

बाढी आउनुअघि स्थानीयले खेतबारीमा तरकारीलगायत खेती गर्दै जीविकोपार्जन गरिरहेका थिए । तर बाढीले खेतीयोग्य जमिन र उत्पादन बगाएपछि अहिले तत्काल आम्दानी गर्ने माध्यम नरहेको उहाँले बताँउनु भयो ।स्थानीय सरकारले सडक तथा आवतजावत सहज बनाउने कामलाई प्राथमिकता दिए पनि प्रभावित परिवारका लागि तत्काल आयआर्जनको वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।उहाँले भन्नु भयो, ‘माथिल्लो गाउँमा बसिरहेका मानिसहरूका लागि फेरि कमाएर खाने वातावरण बनाउन सकियो भने राम्रो हुन्थ्यो। हामीले काम सुरु गरेको १०–१५ दिन भइसक्यो। अझै १०–१५ दिनसम्म खोजी तथा व्यवस्थापनको काम गर्नुपर्ने अवस्था छ ।’उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा पशुका अवशेष खोज्ने र व्यवस्थापन गर्ने काम अझै जारी छ ।

 

यसैगरी, कृषबहादुर तामाङले भदौ १० गतेको बाढीले क्षति पु¥याएका क्षेत्रमा पशुका अवशेष खोज्ने काम जारी रहेको बताँउनु भयो ।उहाँका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा खोजी तथा छानबिन गरिएको छ । केही ठाउँमा पशुका हड्डी तथा अवशेष भेटिए पनि कतिपय स्थानमा भने अहिलेसम्म केही फेला परेको छैन । भेटिएका स्थानमा अवशेष पहिचान गर्ने र व्यवस्थापन गर्ने प्रयास भइरहेको उहाँले बताँउनु भयो ।तामाङका अनुसार बाढी आउनुअघि उक्त क्षेत्रमा बंगुर तथा कुखुरापालनका फार्महरू सञ्चालनमा थिए । जलविद्युत् आयोजनामा काम गर्ने टोलीसमेत बस्ने गरेको उक्त क्षेत्रमा पसल तथा पशुपालन फार्महरू रहेका थिए ।उहाँले आफ्नो अनुमानमा उक्त क्षेत्रमा दुईदेखि चार वटासम्म बंगुर तथा कुखुराका फार्म रहेको बताँउनु भयो। बाढीले ती फार्महरूमा ठूलो क्षति पु¥याएपछि अहिले हराएका पशुका अवशेष खोज्ने काम भइरहेको उहाँको भनाइ छ ।खोजीका क्रममा कुनै स्थानमा हड्डी भेटिएको र कुनै स्थानमा नभेटिएको भन्दै उहाँले सम्पूर्ण क्षेत्रको खोजी पूरा नभएसम्म प्रयास जारी राख्ने बताँउनु भयो। हड्डीबाहेक अन्य सामग्री वा अवशेष भने अहिलेसम्म फेला नपरेको उहाँले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गर्नु भएको छ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न

हराएका पशुका अवशेष खोज्दै स्थानीय

काठमाडौं ,११ मंसिर। गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् ।

भोजपुरको गैरीगाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्यो

भोजपुर,११ मंसिर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ

होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि सुकुम्बासी थाल ठटाएर आन्दोलित

काठमाडौं,११ मंसिर । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो