मेचीनगर, १३ मंसिर । मेचीनगरको हडिया खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।दुई दिनदेखि बेपत्ता रहेका मेचीनगर १४ मिलडाँडा बस्ने ६५ वर्षीय बाङ्गे बिर्जा शनिकार साँझ ६.३५ बजे बि.बि.सि.इँटाभट्टा छेउस्थित हडिया खोलाको साइडपट्टी जमेको पानीमा उतानो परी डुबेको अबस्थामा मृत फेला पर्नु भएको थियो । उहाँ घरबाट मंसिर १० गते बेलुकादेखि हराँउनु भएको थियो । उहाँको खोजी भइरहेको थियो ।गएराति मृतकको शवको कानुनी प्रकृया पुरा गरि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।










