इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयविरुद्ध स्थानीयको प्रदर्शन

झिलझिले , १३ मंसिर । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा व्यापक प्रदर्शन भएको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेलाई साविक स्थानमा व्यवस्थित गर्नका लागि हाल कार्यालय रहेको २२ कठा ८ धुर जग्गा ५० वर्षदेखि भोगचलन गरि आएको कारण भोगाधिकारको व्यवस्था हुनुपर्ने र सोही स्थानमा भवन निर्माण हुनुपर्ने, हाल रहेको प्रहरी कार्यालयबाट ८०० मिटर पश्चिम बुद्ध चौकबाट ३०० मिटर दक्षिणमा इलका प्रहरी र्कायलय झिलझिलेको नाममा रहेको ७ कठ्ठा ९ धुर जग्गामा नयाँ भवन निर्माणको लागि ४ करोड ६६ लाख ७१ हजार ४०६ रुपैयाँमा शिवसताक्षी –८ मा रहेको सतासी निर्माण सेवा प्रा.लि.लाई स्वीकृित प्रदान गरिएको ठेक्का प्रक्रिया रद्ध गर्नुपर्ने माग राखी आज बिहानदेखि प्रदर्शन शुरु भएको हो ।

इलाका प्रहरी कार्यालय झिलझिले स्थानान्तरण गर्ने निर्णयको विरुद्धमा संघर्ष समितिले आन्दोलन गर्दै आएको छ । संघर्षको समितिको आयोजनामा शिवसताक्षी –८ झिलझिलेस्थित वडा कार्यालयअगाडी संघर्ष समिति संयोजक अच्युत खरेल, सहसंयोजक नरबिर फागो, सचिव केदारमणी सापकोटा, शिवसताक्षी नगरका विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरु, स्थानीय जेन्जी तथा युवा, व्यवसायी, महिला, ज्येष्ठ नागरिकहरु, सिटी –अटो चालकहरुलगायत गरी करिव हजारको संख्यामा भेला हुनु भएको छ ।

 

विभिन्न नारासहितको पर्चा पम्प्लेट बोकी विरोध प्रदर्शन कार्यक्रम बिहान ११ः३० बजेबाट सुरु भएको छ । प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको एकातर्फ इलका प्रहरी र्कायलय झिलझिलेको अगाडि सडकमा लामबद्ध भएर शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । । हालसम्म यातायात अवरुद्ध नपारिएका प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयविरुद्ध स्थानीयको प्रदर्शन

झिलझिले , १३ मंसिर । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा व्यापक प्रदर्शन भएको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेलाई साविक स्थानमा व्यवस्थित गर्नका लागि

सुरक्षामा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

सुर्खेत,१३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर

५ रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं,१३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले

कांग्रेसद्वारा ‘हामी तयार छौँ’ अभियानका प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ,१३ मंसिर ।नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल

पूर्वी नाका काँकडभिट्टाबाट भुटानी पर्यटकको आगमन उत्साहजनक

काँकडभिट्टा,१३ मंसिर। शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।धार्मिक तीर्थयात्रा र घुमफिरका

मेचीनगरको हडिया खोलामा डुबेर बेपत्ता वृद्ध मृत फेला

मेचीनगर, १३ मंसिर । मेचीनगरको हडिया खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।दुई दिनदेखि बेपत्ता रहेका मेचीनगर १४ मिलडाँडा बस्ने ६५ वर्षीय बाङ्गे बिर्जा