काठमाडौँ,१३ मंसिर । कुनै समय सुकुम्बासी बस्तीले भरिएको शंखमुलको नदी किनार अहिले खाली छ। सरकारले बस्ती हटाएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रले भने व्यवस्थित स्वरूप पाउन सकेको छैन। बस्ती हटेपछि खुला र व्यवस्थित क्षेत्र बन्ने अपेक्षा गरिएको यो ठाउँ अहिले धतुरोका झाडी, सवारीसाधन पार्किङ र फोहोरमैला डम्पिङ स्थल बनेको छ। यस स्थानलाई कुन रूपमा प्रयोग गरिन्छ भन्ने विषयमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग सम्पर्क गर्दा उहाँले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने र सरकारले नै व्यवस्थापन गर्नुपर्ने बताँउनु भयो।










