दमक/
झापाको निर्वाचन क्षेत्र नं ५ , पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र हो । यहाँ ४ वटा स्थानिय तहहरु छन् । यीनै पालिकाका सर्वसाधरणको सुविधाकालागि भनेर अघील्लो सरकारले नयाँ र अती महत्व बोकेका योजनाहरु समावेश गराएको थियो ।
तर यो पटक नयाँ खास योजना अटाउन सकेनन भने पुराना योजनामा पनि आवश्यक भन्दा अन्यन्तै न्यूनतम मात्रै बजेट बिनियोजन गरेको छ । यसले गर्दा अहिलेको गठबन्धन सरकारले विकास नचाहेको र विकास मार्फत समृद्धि नखोजेको नेकपा एमाले झापाको क्षेत्र नं ५ का इन्चार्ज एवं प्रदेश कमिटका कार्यसमिती सदस्य होम बहादुर थापाले बताउनु भयो ।
उज्यालो खवरसँगको संक्षीप्त कुराकानीका क्रममा उहाँले पूर्वाधार विकास निर्माणमा सरकारले उल्लेख्य बजेट कटाएको र भएका योजनामा पनि पर्याप्त बजेट बिनियोजन नगरेको भन्दै विरोधलगर्नु भयो ।
उदाहरण दिदै उहाँले भन्नु भयो ‘ अर्वौको लगानीमा भन्ने दमक स्थित मदन भण्डारी रङ्गशालाका लागि यो सरकारले ५ लाख बिनियोजन गरेको छ । अन्तराष्ट्रिय महत्व बोकेको भ्यू टावरकालागि बजेटले कुनै सम्बोधन नै गरेन , बाटो र पुल निर्माणका लागि पनि उल्लेख्य बजेट यो पटक पर्दै परेन । ’
थापाले दमक रवि चिसापानी सडक कालोपत्रे गर्न भनेर ३ करोड रुपैैया बजेट छुट्टिएको जानकारी गराउँदै रकम अत्यन्तै न्यून रहेको स्पष्ट पार्नु भयो । मावा खोलाको दुई ठाउँमा पुल निर्माण गर्न भनेर १५ लाख रुपैँया बजेट दिएको छ । यो बजेटले खोलामा पुल बनाउने हो कि खोल्सामा कल्भर्ट बनाउने हो । उहाँको प्रश्न छ ।
यस्तै हुलाकी राजमार्ग अन्तर्गत झापा र मोरङ खण्डमा पर्ने रतुवा नदिमा पुल बनाउन जम्मा २३ लाख रुपैँया बजेट बिनियोजन भएको छ । यस्ता महत्वपूणर् र ठुला योजनामा अत्यन्तै न्यून बजेट बिनियोजन गराएर सरकारले आयोजनालाई पूणर्ता दिने नियत नराखेको उहाँको भनाई छ ।
नामका लागि मात्रै बजेट राख्ने काम भयो यसले परिणाम दिने छाँट देखाएन । उहाँले बताउनु भयो ।
थापासँग झापाको क्षेत्र न. ५ को विकास निर्माणको बारेमा उज्यालोले गरेको कुराकानीको भिडियो अंश हेरौ ।









