विकल्पबारेमा छलफलक हुँदैछ : नगरपालिका

दमकमा फोहोरबाट उत्पादित ग्याँस खेर जान थाल्यो( भिडियो सहित)

दमक/
झापाको दमकमा फोहोरबाट बायो ग्यास उत्पादन सुरु भएको छ । तर उत्पादीत ग्यासको प्रयोग भने तत्कालै नहुने भएको छ । यहाँ ग्यास हरेक दिन खेर जाने भएको छ । उत्पादन भएको ग्यासलाई पाइपलाईन मार्फत उपभोक्ताको घर घरमा पुर्याउने भनिएको भएपनि पाईपलाईन नबनेका कारण उत्पादित ग्याँस खेर गइरहेको छ ।

पछिल्लो समय एल पी ग्यासको मुल्य बढको छ । यसको विकल्पमा सरकारले विद्युतिय चुल्हो प्रयोग गर्न चुल्होनै अनुदानमा दिने भनेर बजेटमै घोषणा गर्यो । तर झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भएर खेर गइरहेको छ ।

 

यसलाई उपभोक्ताको घर सम्म पुर्याउन भने केन्द्र र प्रदेश १ सरकारको बजेटले पनि समेट्न सकेन । दमक नगरपालिका वडा नं २ मा रहेको रतुवा नदिको किनारमा नेक्स्ट इरा इनर्जी प्रालिले यो ग्यास उत्पादन गरेको हो । यसरी यहाबाट दैनिक रुपमा १ हजार ८४  किलो ग्राम सम्म ग्यास उत्पादन हुने गर्छ ।

 

यो ग्यास उत्पादन गर्ने प्लाण्ट निर्माण गर्नकालागि वैकल्पीक उर्जा प्रवर्धन केन्द्रको पनि लगानी छ । कुल २० करोड ५८ लाख ९७ हजार ६ सय ५९ रुपैँयाको लगानीमा निर्माण भएको यो प्लाण्टमा केन्द्रको ५ करोड ८८ लाख २७ हजार ९ सय २ रुपैँया लगानी छ भने बाँकी नेक्स्ट इरा इनिर्जी प्रालिको लगानी छ ।

 

३ वर्ष देखी निर्माण थालीएको प्लाण्टले उत्पादन दिन सुरु गरेपनि सरकारको उदासिनताका कारण अव यसको उत्पादन खेर जाने प्लाण्ट निर्माताको भनाई छ ।
अनुदानको रकम खाने मात्रै काम गरेको भन्दै आरोप आफुहरुले खेप्नु परेको तर प्लाण्ट निर्माण भएपछि यसको सञ्चालनका लागि चाहि योजना बनाउन नसकेको ठहर निर्माणकर्ता नेक्स्ट इरा इनर्जीका सञ्चालक यूवराज घिमिरेको भनाई छ ।

स्थानिय सरकारलाई पटक पटक अनुगमन गर्न र निरिक्षण गर्न निम्तो गरेपछि समय नदिएको गुनासो उहाँले गर्नु भयो ।
यहाँ अहिले गोवर हालेर त्यसलाई प्रशोधन गरि ग्यास निकालीएको छ । कुहिने र नकुहिने फोहोरलाई बर्गीकरण गरेर कुहिने फोहोरलाई पनि मेसिनमा हालेर धुजा धुजा बनाइ लेदो बनाएर प्रशोधन गरिने छ । त्यसपछि यो अन्य प्रकृया मार्फत बायो ग्यास र जैविक मल बन्ने नेक्स्ट इरा इनर्जी प्रालिका प्राविधिक बिजय पाण्डे बताउनु हुन्छ ।

दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल र सरदरमा सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सक्ने यो प्लाण्टको क्षमता हो । दमक नगरपालिकाको वातवरण तथा सरसफाइ शाखाका अनुसार दमक क्षेत्रमा दैनिकजसो १५ देखि २० टन फोहोर उत्पादन हुने गरेको छ । यसको करिब ७५ प्रतिशतमात्र सङ्कलन हुने गरेको छ । यसमा ६६.५२ प्रतिशत जैविक फोहोर रहेको छ । यहाँ उत्पादन भएको बायो ग्यास १ हजार ५ सय घर धुरीलाई नियमित प्रयोग गर्न सकिेन दमक नगरपालिकाको वातावरण शाखाले जनाएको छ ।

यसकालागि घर घरमा पाईप पुर्याउने परियोजनाको डिपआिर तयार भइसकेको र त्यसकालागि आवश्क पर्ने १४ करोड लगानीमा कस्ले कति कति प्रतिशत लगानी गरेर सम्पन्न गर्ने भन्नेबरेमा छलफल भइरहेको जनाइएको छ । यसको श्रोत निश्चित नभए सम्मकालागी यहाँबाट उत्पादित ग्यासलाई सिएनजी ग्यासमा रुपान्तरण गरेर सवारी सधानमा समेत प्रयोग गर्न सकिने सुझाव वतावरण अधिकृत ज्ञानेन्द्र चौधरीको छ ।

यो परियोजना २० वर्ष पछि स्थानीय सरकारकै नाममा रहने नगरपालिकासँगको सम्झौतामा उल्लेख गरिएको छ । यसबारेमा २०७६ माघ १० गते दमक नगरपालिका र नेक्स्ट इरा इनर्जी बिच सम्झौता भएको थियो ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट