नगरसभाको विवादले उग्र रुप लिदै

‘दमकमा एमालेले ठुलो गल्ती गर्यो , परिणामले पछुताउनु पर्ने छ’ : मेयर थापा

दमक/
झापाको दमक नगरपालिकाका मेयर राम कुमार थापाले दमकमा रहेका एमालेका नेतृत्वले पटक पटक गल्ती गरिरहेको बताउनु भएको छ । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा नेतृत्वबाटै अन्तर्घात भएको आरोप खेपिरहेको यहाँको नेतृत्वले आगामी चुनावमा पनि निकै ठुलो चुनौतीको सामना गर्नु पर्ने परिस्थिती बन्न सक्ने उहाँले चेतावनी दिनु भएको छ ।

दमक नगरपालिकाको नगर सभामा एमालेबाट निर्वाचित जनप्रतिधिको पछिल्लो व्यवहारले यो कुराको संकेत गरिरहेको उहाँको टिप्पणी छ । ‘नगर –सभामा उहाँहरुले निकालेको विवाद र समस्याको चङ्गुलमा उहाँहरुनै पस्नु हुने छ ।’ भन्दै मेयर थापा भन्नु हुन्छ ‘दमकको विकास र समृद्धिमा एकिकृत हुनुपर्ने बेलामा बहुमतको हुर्मत देखाएर नगरसभालाई बन्दीमा पार्न खोजीएको छ । ’

 

आफुले विधि र शु–सासनका कुरामा अडीग रहेर हरेक गतिविधि गरेको बताउँदै मेयर थापा भन्नु हुन्छ ‘नगरसभामा बोल्न सभासदहरुलाई समय नदिने भन्ने कुरा हैन तर उहाँहरुले उठान गरेका विषयहरुको प्रस्तुती गर्ने तरिका गलत भयो । बोल्नै दिन त के छ र , म आवश्यक समय सम्म पनि दिन सक्छु त्यो मेरो अधिकारको कुरा हो तर उहाँहरुले उठाउनु भएको विषयको सान्दरर्भिकता नियम सङ्गत भएन ।’

 

सबै कुरा विषयगत समितीबाट छलफल भइ कार्यपालिकाको बैठकमा ल्याएर निर्णय गराएर सभामा ल्याइने हो । त्यसलाई प्रस्तावको रुपमा सभाध्यक्षले प्रस्तुत गर्ने हो । मैले त्यहि गरेको छु । अनी उहाँहरुले कार्यपाकिलाको बैठकमा एउटा निर्णय गर्ने अनि सभामा अर्कै तरिकाले प्रस्तुत हुने यो कन संसदिय अभ्यास गर्न चाहेको हो उहाँहरुले र सभा अवरोध गरेर केको हुर्मत देखाउन खोज्नु भएको हो ? प्रश्न गर्दै मेयर थापाले बताउनु भयो ।

 

पूर्वाधार विकासको करको सम्बन्धमा राखीएको प्रस्ताव के हो भन्ने उज्यालो खवरको प्रश्नमा मेयर थापा भन्नु हुन्छ ‘सभामा के प्रस्ताव ल्याउने वा नल्याउने भन्ने अधिकार सभाको अध्यक्षलाई हुन्छ । मैले कार्यपालिकाको बैठकमा नगर सभामा यो विषयको प्रवेश हुन सक्ने संकेत साथीहरुलाई गरेको थिए । मेयरको विषेश प्रस्तावका रुपमा प्रस्तुत हुन सक्छ भनेर मैले संकेत गर्दा उहाँहरुले त्यसबेला वास्ता गर्नु भएन अहिले आएर त्यो विषयलाई मुद्धा बनाइरहनु भएको छ । ’

 

चुनाव ताका गठबन्धनका तर्फबाट मेयर उम्मेदवार रहनु भएका थापाले पूर्वाधार कर पूर्ण रुपमा खारेज गर्ने बताउनु भएको थियो । सुरुमा नेकपा एमालेले पनि यसलाई व्यवस्थापन गर्ने भनेको भएपनि पछि घोषणापत्र संसोधन गरेर पूर्वाधार कर हटाउने भन्ने बारेमा आफ्नो नयाँ बुदा थप गरेको थियो । यसरी यो विषय दुवै पक्षको साझा एजेण्डा भएपनि यसका बारेमा निर्णय गर्दा वा पारित गर्दा यसको जस कस्ले लिने भन्नेबारेमा खास लडाई भइरहेको छ ।

 

यसबारेमा मेयर थापा भन्नु हुन्छ ‘ यो विषय एमालेकै जनप्रतिनिधीले कार्यपालिका बैठकमा छलफलमा ल्याएर सभाको एजेण्डाको रुपमा पेष गर्ने भनेको भए कुरा मिलि हाल्थ्यो नि त्यहाँ कुरा न उठाउने अनी मेयरको विषेश प्रस्तावका रुपमा राख्दा उहाँहरुले आपत्ती जनाउन त भएन नी आखीर दुवैको लक्ष्य एउटै त रछ अघी नै छलफल गरेको भए मैले पनि विषेश प्रस्तव भनेर पेष गरिरहनु पर्ने त थिएन ।’

 

अर्को जोडदार रुपमा उठेको विषय हो करारमा नियूक्ती भएका कर्मचारी । अहिले दमक नगरपाकिलामा १ सय १४ जना करारका कर्मचारी रहेको बताउँदै मेयर थापाले भन्नु भयो ‘ यी सबैलाई यो वर्ष निरन्तर्ता दिने भनेर बजेटनै छुट्ट्याइएको छ त म कसरी हटाउँथे होला त ? उहाँले जिज्ञासा राख्दै भन्नु भयो तर उहाँहरुले बजेट पास नगरेपछि र निति तथा कार्यक्रम पारित नगरेपछि ती कर्मचारीको साउन १ गते देखीको भविष्य के हुने हो भन्ने बारेमा उहाँहरुले सोच्नु भएको छ कि छैन ? उहाँको प्रतिप्रश्न छ ।

मेयर थापासँग उज्यालो खवरले गरेको कुराकानीको भिडियो हेरौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा