दमक/
झापाको दमकमा विद्युतिय पोलमा थरी थरिका तारहरु टागिएका छ्न । बिजुलीकालागि गाडिएको पोलमा इन्टरनेट, केवल तथा अन्य विभिन्न सेवाप्रदायक सस्थाहरुको पनि तार यहाँ जडान गरिएको छ ।
यी तारहरुले विद्युतको पोलमा अत्याधिक भार बढाएको, केवल तथा इन्टरनेटका तारहरु मुठा मुठा पारेर पोलमै छोडीदिदा नगरको सौन्दर्यमा समेत ह्रास आएको तथा ठुला खालका सवारी साधन सञ्चालनमा समेत अवरोध पुगेको गुनासो आएपछि यस प्रकारको निर्देशन जारी गरिएको जनाइएको छ ।
बुधबार दमक नगरपालिका वडा नं ८ ले एक निर्देशनात्मक सुचनानै जारी गरेर सेवा प्रदायक सस्थाहरुलाई एक हप्ता भित्रमा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
‘नेट इन्टरनेटका तारहरुले आगलागी हुने र दुर्घटना गराएको, वडाको सौन्दर्यतामा समेत समेत असर परेको भनेर बिभिन्न टोल विकास सस्था, सघं सस्था, राजनैतिक दलहरुबाट समेत व्यापाक गुनसो आएकोले निर्देशन जारी गरेको हो ‘ वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)ले बताउनु भयो ।
यदि एक हप्ता भित्रमा यो व्यवस्थापन गर्न आनाकानी भएमा कुन कुन कम्पनीको तार अव्यवस्थित छन्, तीनको पहिचान गरेर पत्र समेत काटिने र त्यसपछि पनि अटेर गरेमा जरिवाना गराउने उज्यालो खवरसँगको कुराकानीका क्रममा वडाध्यक्ष दाहालले बताउनु भयो ।









