निर्वाचन बहस

आम निर्वाचन : राम थापा भन्छन् ‘झापा ५ मा राप्रपाको तालमेल गठबन्धनसँग मिलाउन लागि परेको छु’ (भिडियो अन्तर्वाता)

दमक/

झापाको निर्वाचन क्षेत्र नं ५ देशभरकैलागि चासो र सरोकार राख्ने निर्वाचन क्षेत्र हो । किनकी यो क्षेत्र नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको हो । यहाँबाट अघिल्लो पटक ओलीले देशकै सर्वाधिक मत ल्याएर निर्वाचन जीत्नु भएको थियो ।

अघिल्लो पटक एमाले र माओवादी केन्द्रको तालमेलका साथै राप्रपाको साथका कारण ओलीले अत्याधिक मत ल्याएर बिजयी हुनु भएको थियो । तर यो पटक ओलीलाई न माओवादीको साथ छ न त राप्रपाको हुन्छ भन्ने ग्यारेण्टिनै ।
यद्यपी भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने सबै पार्टि एकातिर हुदा पनि ओलीले सहजै जित्न सक्ने आधार चाहि छ नै । यस बारेमा उज्यालो खवरले यस अघीनै समाचार प्रकाशन गरिसकेको छ ।
पछिल्लो समय राष्ट्रवादि पार्टिका रुपमा आफुलाई स्थापीत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टिले कहाँ कुन दलसँग तालमेल गरेर निर्वाचन लड्ने भनेर निणर्य गरिसकेको छैन । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले एमालेसँग चुनावी तालमेल हुने भनेर अनौपचारिक रुपमा भन्नु भएको छ ।

यसलाई देशब्यापी रुपमा लैजाने वा विषेश क्षेत्र वा आवश्यकता आधारमा भन्ने कुराको आधिकारीक निणर्य भइसकेको छैन ।

अध्यक्ष लिङदेनको क्षेत्र पनि झापा नै र एमालेका अध्यक्ष ओलीको क्षेत्र पनि झापानै भएकोले दुवै पार्टि अध्यक्षको जीतका लागि सहज बनाउन झापामा राप्रपाले एमालेसँग तालमेल गर्न सक्ने भनेर प्रक्षपण हुने गरेको छ ।
अघिल्लो पटक पनि एमालेले झापा निर्वाचन क्षेत्र नं ३ मा राप्रपाका उम्मेदवार राङदेनलाई सघाएको थियो । त्यो क्षेत्र नेपाली काग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको क्षेत्र भएकोले लिङदेनले एमालेसँग तालमेल बेगर जीत्न सम्भव पनि थीएन । र अहिले पनि एमालेसँग तालमेल नगर्ने हो भने राप्रपाले त्यहाँ आफ्नो जीत हुन सक्दैन भन्नेमा विस्वस्त छ र झापा ३ मा एमाले र राप्रपाको तालमेल हुने करिव निश्चित जस्तै पनि छ । तर यसको आधिकारीक घोषणा भएको भने छैन ।

धेरैको अनुमान छ झापामा एमालेले झापा ३ छोड्ने र राप्रपाले अन्य क्षेत्रमा सहयोग गर्ने । यसो गर्दा ओलीको निर्वाचन क्षेत्रमा पनि राप्रपाले एमालेलाई सहयोग गर्नु पर्ने हुन्छ । तर यो क्षेत्रमा राप्रपा भने एमालेसँग तालमेल नगर्ने मनस्थितीमा छ । किनकी दमक नगरपालिकामा मेयर बन्न राम कुमार थापालाई गठबन्धनका दलहरुले सहयोग गरेका थिए । निर्वाचन पछि पनि एमालेका नेता तथा जनप्रतिनिधीले असहयोग गरेको भन्दै गुनासो गरिरहनु भएका थापाले यो क्षेत्रमा गठबन्धनसँगै तालमेल गराउने अन्तिम प्रयासमा लागि परेको बताउनु भयो ।

राप्रपाको प्रदेश १ अध्यक्ष समेत रहनु भएका थापाले उज्यालो खवरसँग कुराकानी गर्दै झापा ५ मा राप्रपाको तालमेल गठबन्धनकै दलसँग गराउने गरि आफ्नो लविङ चलिरहेको बताउनु भएको छ ।

प्रस्तुत छ थापासँगको कुराकानीको भिडियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा