चुनावी चर्चा

‘झापा ५ मा केपि ओलीको नामै काफि छ ’: रोम ओली (भिडियो सहित)

दमक/
रोमनाथ ओली, चुनाव जीत्ने र जीताउने भूमिका निर्वाह गर्न सिपालु हुनुहुन्छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा उहाँ दमक नगरपाकिलाको मेयर बन्नु भयो । अहिले उहाँ केपि शर्मा ओलीले उम्मेलवार प्रतिनिधी हुनुहुन्छ । अर्थात केपि शर्मा ओली पार्टिको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री रहनु भएकोले हरेक दिन घरदैलोमा उहाँका मुद्धा र एजेण्डा बोकेर आफ्नो निर्वाचन क्षेत्रमा गइरहन भ्याउनु हुन्न । यो काम गर्न भनेर प्रतिनिधीको रुपमा रोम ओलीलाई जीम्मेवारी दिइएको छ । यसै अनुरुप उहाँ अहिले झापा निर्वाचन क्षेत्र नं ५ का बिभिन्न गाउँ , टोल टोलमा पुगीरहनु भएको छ ।

यसै शिलशिलमामा हामीले उहाँलाई खोज्दै खोज्दै पुग्यौ दमक ५ स्थित हरिओम कोलेनीको दिपेनी खोलाको पूर्व पट्टि रहेको एक मन्दिरको कार्यक्रममा । त्यहाँ पनि उहाँ पार्टिको कार्यक्रम र तथा टोल भेलामा नै सहभागी भएर पार्टिको चुनावी मुद्धा र एजेण्टाका बारेमा त्यहाँका स्थानिय कार्यकर्ताहरुलाई प्रष्टाइरहनु भएको थियो ।

सो भेला सकिएपछि ओलीसँग उज्यालो खवरले समय माग्यो र हामीले कुराकानी थाल्यौ ।

‘घरदैलो गर्दै गर्दा मतदाताले कस्तो प्रतिकृया दिइरहनु भएको छ ’ भन्ने पहिलो प्रश्नबाट कुराकानीको सरुवात गर्यौ । उहाँले भन्नु भयो ‘केपि ओलीको चुनाव प्रचार गर्न जाँदा केपि ओली देश बनाउने एक नेता हो । सुखी नेपाली समृद्ध नेपाल उहाँबाट मात्रै सम्भव रहेछ भन्ने कुराको प्रतिकृया दिएका छन् । केपि ओलीका बारेमा उहाँले देश व्यापी गरेका चुनावी भाषणले नै धेरैले थाह भइसकेका छन कि नेकपा एमालेको चुनावी एजेण्डा के हो भन्ने बारेमा । देश बनाउने महा अभियान एमालेले लिएको छ भन्ने कुरा आम मतदाताले बुझेका रहेछन् । ’उहाँले मतदाताको प्रतिकृया उज्यालो खवर मार्फत सुनाउनु भएको छ ।

‘विपक्षी दलका उम्मेदवारहरुले त यो क्षेत्रमा भएको विकास निर्माणलाई नै आलोचनात्मक चुनावी एजेण्डा बनाँदै रहेछन् नी’ भन्ने प्रश्नमा उहाँको प्रतिकृया छ ।‘ हामी विकास गर्दै जान्छौ उहाँहरु त्यो रोक्दै जानु हुन्छ । त्यसैले त जनताले चिनीसके नी विकास गर्ने नेता र पार्टि कुन रहेछ भन्ने बरमो । गठबन्धनका नेताहरुले ठुला योजनामा काम गर्न त परेकौ कुरा के गर्ने भन्नेबारेमा समेत जान्दैनन् । भिजननै छैन । ’ ओलीले जवाफ दिनु भयो ।

उज्यालो खवरले रोमनाथ ओलीसँग गरेको संवादको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा