मत सुरक्षाको रणनिती

झापामा मतदाता शिक्षामा सजगता, चुनाव बिथोल्ने समुहको निगरानी गर्दै प्रहरी(भिडियो रिपोर्ट)

दमक/
गत बैशाख ३० गते सम्पन्नभएको स्थानियतहको निर्वाचनमा झापामामात्रै १७ प्रतिशतभन्दा बढि मतबदर भएको थियो । अघील्लो पटक भएको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा ४ प्रतिशतमात्रै भएको मत बदरको प्रतिशत पछिल्ला निर्वाचनमा भने बढेको देखिन्छ । गत स्थानियतहमा मतदाता शिक्षामा खासै वास्ता नगरेको निर्वाचनआयोगले यो पटक भने घर घरमापुगेर मतदाता शिक्षा दिइरहेको छ ।

झापामा ६ लाख ६३ हजार ३ सय ११ जनामतदाता रहेका छन् । यसमध्ये ३ लाख ३२ हजार २ सय ५९ जना महिला , ३ लाख ३१ हजार ४४ जन पुरुष र ८ जना अन्य िलङ्गका मतदाता रहेका छन् ।

भर्खरै सम्पन्न भएको स्थानियतहको निर्वाचनमा पन्ध्र पालिका रहेको जिल्लामा खसेको कूलमत सङ्ख्या चार लाख ५५ हजार २६८ मध्ये १७ दशमलव १८ प्रतिशत मत बदर भएको थियो । यो अघिल्लो पटक भएको स्थानियतहकै निर्वाचनलाई तुलना गर्ने हो भने दुइगुणा बढि हो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा झापामा ९ दशमलव ६५ प्रतिशतमात्र मत बदर भएको थियो ।

निर्वाचनमा दलका उम्मेदवारहरुले एक दलबाट मात्रै उम्मेदवार नबनाएर अन्य पार्टिबाट उम्मेदवार बनेकालाई समर्थन गर्दा , गठबन्धन गर्दा तथा तालमेलका कारण पनिमतदाता अन्यौलमा परेका कारण मत बदर भएको निर्वाचन कार्यालय झापाको भनाई छ । त्यसैले यो पटक चाहि झापाका गाउँगाउँमा पुगेर मतदातालाई कसरी मतदात गर्ने भनेर सिकाउने काम भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी प्रसाद नेपालले जानकारी दिनुभयो ।

मतदान स्थल सुरक्षा योजना के?

५ वटा प्रतिनिधीसभा सदस्य र १० वटा प्रदेश सभा सदस्यकालागि निर्वाचन क्षेत्र निर्वाधरण गरिएको झापामा सुरक्षाका दृष्टिकोणले पनि संवेदनशिल क्षेत्र छन् । खास गरि क्षेत्र नं १ , ३ र ५ नम्बर क्षेत्रमा देशकै चर्चीत नेताहरु बिचको प्रतिस्पर्धा हुने भएकोले त्यस्ता क्षेत्रमा अवाञ्चित घटना नहोला भन्न सक्ने स्थिती छैन । निर्वाचन बिथोल्ने र बहिस्कार गर्ने समुहले अप्रीय घटना गराउन सक्ने कुरालाई मध्यनजर गरेर सुरक्षाका तीनवटै तहलाई व्यवस्थीत गराइएको जिल्लाप्रहरी कार्यालय झापाको सुरक्षा योजना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनु भयो । ‘उम्मदेवारहरुका घर, मतदान केन्द्र र स्थलमा हामीले विषेश गस्ति गरिरहेका छौ सुरक्षाका हरेक सबै अंगलाई सकृय बनाएर परिचालन गरेका छौ ।’उज्यालो खवरसँगको कुराकानीका क्रममा पाठकले बताउनु भयो ।

झापामा२ सय ८५ वटा मतदात स्थल रहेका छन् भने ६ सय ६६ वटा मतदान केन्द्र रहेका छन् । सबै मतदान स्थल र केन्द्रहरुमा निर्वाचन सम्बन्धीका सामाग्रीहरु व्यवस्थपन गरिसकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

(भिडियो रिपोर्ट)

https://www.facebook.com/TheUjyaalokhabar/videos/869516434054834

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा