व्यापारीलाई खोप

दमकका व्यवसायीको माग :‘एक प्यान एक खोप चाहियो’

 

दमक/
झापाको दमकका व्यवसायीले एक ‘एक प्यान एक खोप ’को माग गरेका छन् । दमकमा कोरोनाको जोखिम बढेपछि अहिले निशेधाज्ञा छ । यहि निशेधाज्ञाकै अवधिमा प्यान नंम्बर लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरुलाई अनिवार्य खोपको सुनिश्चितता गर्न दमक नगरपालिकासँग माग गरिएको दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकामा पटक पटक नगर प्रमुख र उप प्रमुखलाई यसबारेमा कुरा राखेपनि बेवास्था गरिएको उहाँको गुनासो छ । दमकमा रहेका ८ हजार बढि ब्यापारी दमक उद्योग वाणिज्य सघंमा दर्ता भएका भएपनि व्यवसाय सञ्चालन गर्न अनुमतिका लागि प्यान नम्बर लिएका ब्यापारीलाई मात्रै भएपनि खोप दिन उहाँले माग गर्नु भएको छ ।

यसले गर्दा सरकारी सेवा पाउन सरकारी निकायमा आफु सस्थागत हुनुपर्ने रहेछ भन्ने कुराको अनुभुति पनि ब्यापारीमा हुने भएकोले आफ्नो ब्यवसायीक फर्मको पान नम्बरका आधारमा खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइएको उहाँको भनाई छ ।

दमक नगरपालिकामा यसबारेमा पटक-पटक अनुरोध गरेपनि खास सुनुवाई नभएपछि आईतबार झापाका सबै उद्योग वाणिज्य सघंले जिल्ला प्रशाषन कार्यालय झापामा ज्ञापन पत्र पनि बुझाउने तयारी गरेका छन् । जिल्लामा रहेका ९ वटा व्यवसायीक सघंठनहरुले खोपको सुनिश्चितताको माग गर्दै जिल्ला प्रशषन कार्यालयमा ज्ञापन पत्र दिने तयारी भएको पनि उहाँले बताउनु भयो ।

बजारमा भिड बढेको र यसले जोखिम बढाएको भन्दै दमकमा पूणर् लक डाउन छ । विषेशगरि बजारबाटै जोखिम बढेको भन्न ठान्ने प्रशाषनले त्यो बजारका ब्यापारीलाई खोपमा प्राथमिकता नदिनु दुखद भएको भन्दै अहिले चौतर्फी विरोध पनि भै रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।