कोरोनाको असर

तङग्रीएन भेडेटार

 

धनकुटा/
धरानबाट उकालो लागेर धनकुटा जाने बाटैमा पर्ने पूर्वको प्रमुख पर्यटकिय क्षेत्र हो भेडेटार । कोरोनाको कहर थिएन भने यहा खुलेका होटलमा बस्न अग्रीम बुकिङनै गर्नुपथ्र्यो । हैन भने बस्ने ठाउ पाउन निकै मुस्किल ।
तर अहिले त्यस्तो अवस्था छैन । अव यस्तो अवस्था भेडेटारका व्यवसायीलाई एकादेशको कथा जस्तो बनीसकेको छ ।

विश्वलाई नै प्रभाव पारेको कोरोना भाइरस (कोडिभ १९) ले सबै क्षेत्र प्रभावित बनाएको छ । नेपालमा पनि यसले हेरक क्षेत्रमा प्रभावित बनायो । सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि जोखिम भने अझै उस्तै छ ।

लकडाउन खुकुलो भएपछि आफ्नो व्यवसायलाई निरन्तता दिउला भन्ने आशा व्यवसायीहरुको आशा आशमै सीमित भएको छ ।
दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने भेडेटार लकडाउन शुरु भएस“गै सुनसान छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी आन्तरिक तथा वा्ह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ करोडौंको लगानी गरेर व्यवसाय गरेका होटल व्यवसायीहरुलाई अहिले भने ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।

प्रदेश नं. १ कै पर्यटकीय स्थल मध्येको धनकुटाको भेडेटार लकडाउन खुकुलो बन्दा समेत सुनसान नै छ । विगतमा आन्तरिक पर्यटक मात्र होइन छिमेकी देश भारतका विहार, सिक्किम, दार्जिलिङ, उत्तर प्रदेशलगायत विभिन्न क्षेत्रबाट दैनिक हजारौं संख्यामा आउने गर्दथे् । तर, यतिबेला विश्व व्यापी रूपमा फैलिएको कोरोनाको सन्त्रासले भेडेटार सुनसान छ । लकडाउन घोषणा भए पछि भेडेटार बजारको व्यापार-व्यवसाय ठप्प भएको होटल व्यवसायी विष्णृ श्रेष्ठ बताउनुहुन्छ । विगतमा गर्मी समयमा चहलपहल बढ्ने भेडेटार मध्य गर्मीको मौसम हुदा समेत भेडेटार घुम्न आउने शून्य रहेको उहाको भनाई छ ।

चैत्रदेखि भेडेटार चल्ने पिक सिजनमा भेडेटारमा भएका पर्यटकीय स्थलको रमणीय दृश्य नियाल्दै रमाउने आन्तरिक तथा वाहय पर्यटक आउनै छाडेपछि समस्या भएको होटल एसोसिएसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावती बताउनुहुन्छ ।

भेडेटारमा चैत्र देखि भदौ सम्मको समयलाई मुख्य सिजनको रुपमा लिने गरिन्छ । पर्यटकहरु आउने सिजन हुनै लाग्दा सरकारले पनि भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । भ्रमण वर्षका लागि व्यवसायीहरुले ऋण काढेरै भए पनि थप लगानी गरेका थिए । भेडेटार सहित नाम्जे, थुम्की लगायत क्षेत्रमा साना-ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन् । ती होटलमा १ अर्बभन्दा बढी लगानी छ । लकडाउनका कारण व्यवसाय संचालन गर्न नसक्दा लगानी डुब्ने खतरामा पर्दै गएको होटल एसोसिएन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउनुहुन्छ ।
लकडाउन खुकुलो भएपनि कोरोनाको सन्त्रास सर्वसाधारण उत्तिकै छ । जसका कारण सर्वसाधारण हिडडुल गर्न सकेका छैनन् । निजी सवारी साधन लिएर आउनेहरुको लर्को लाग्ने भेडेटार यदाकदा एउटा, दुईवटा सवारी साधन दे्ख्न सकिन्छ । विगतमा व्यस्त रहने व्यवसायी अहिले फुर्सदिला छन् ।

व्यवसाय नहुदा व्यवसायीहरुले गरेको करोडौंको लगानी डुब्ने अवस्थामा पुगेको छ । राज्यले पनि यस्ता व्यवसायलाई पुन ः सञ्चालनमा ल्याउन नया नीति बनाउन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय