दमक/
आज प्रतिनिधिसभा मार्फत प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विस्वासको मत लिनु भयो । उहाँलाई गठबन्धनमा नरहेका दलहरुले पनि मत दिने संसदको रोष्टमबाटै घोषणा गरे । विषेश गरि संसदको ठुलो दल भनिएको नेपाली काग्रेसले समेत विस्वासको मत दिने भएपछि यसका बारेमा टिका टिप्पणी सुरु भएको छ ।
‘विस्वको राजनितीमा कहि नभएको घटना नेपालको संसदमा भयो र त्यो नेपाली काग्रेसले गर्यो ।’राजनैतिक विष्लेशक डम्बर खतिवडाले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ‘ वर्तमान संसदले नेपालको लोकतन्त्रकै अपमान गरेको छ । यसले देशमा थप अराजकता सिर्जना गराउँछ ।’
नेपाली काग्रेसले सरकारलाई विस्वासको मत दिनु भनेको कमिसनको सेटिङमा म पनि सहभागी हुन्छु भन्नु हो । यो देश अव भ्रष्टचार र कमिशनको अखडा बन्ने भयो । विष्लेशक खतिवडाले चिन्ता व्यक्त गर्दै भन्नु भयो कि त संसदबाटै राष्ट्रिय सरकार बनाउँछौ भनेर भन्नु पर्यो हैन भने संसदलाई प्रतिपक्ष बिहिन बनाउने अधिकार यी दलहरुलाई कस्ले दियो ? प्रश्न गर्दै खतिवडा भन्नु हुन्छ सेटिङ राजय र सेण्डिकेट तन्त्र हो भन्ने कुरा यस अघी विष्लेशण हुँदै आएका कुरालाई दलहरुले पुष्टि नै गरिदिए ।’
खतिवडासँग गरिएको संवाद यहाँ सुनौ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।
संसदमा प्रचण्डको पक्षमा नेपाली कांग्रेसको ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसद रहेका छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले मतदान गर्ने पाउँदैनन् । प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।
कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्डले पाँचदलीय गठबन्धन फुटाएर एमाले नेतृत्वको कित्तामा उभिएका थिए । तर, अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा कांग्रेस स्वम् उभिएको छ ।
कांग्रेसभित्र केही विवाद भएपछि सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरूले प्रचण्डको पक्षमा उभिएका थिए । तर, कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले विश्वासको मत दिने निणर्य गरेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी र प्रकाशमानसिंह ले फरक मत राखेका थिए ।
संसदमा देउवाले सरकारलाई दिने समर्थनको बारेमा दिएको मन्तव्य यहाँ हेरौ









