दमक /
प्रदेश १ का मुख्यमन्त्री हिकमत कुमार कार्कीले आज बिश्वासको मत लिदै हुनुहुन्छ । आज दिउँसो बस्ने संसद बैठकमा उहाले बिश्वासको मत लिनु हुने छ ।
नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ । अहिले समर्थन रहेका दलका सांसदहरुके मात्र बिश्वासको मत दिएभने उहाँ मुख्यमन्त्री बन्न सक्नु हुने छ । तर केन्द्रको राजनीति परिघटनालाई हेर्दा कांग्रेसले प्रदेश सरकार निर्माणमा कस्तो भुमिका निर्वाह गर्ला भन्ने पनि सबैको साचोको बिसय छ ।
मुख्यमन्त्री कार्कीके आज केन्द्रको जस्तै अत्याधिक बहुमत लिन समर्थक दल बाहेकसगपनी संवाद गर्नु भएको उहाको सचिवालयले जनाएको छ । ” मुख्यमन्त्रीज्यु आफै लागेर कांग्रेससग संवाद गर्नु भएको छ । केन्द्रको निर्णय जस्तै यहापनी हामीलाई यहाँ बिश्वासको मत दिनुस भनेर प्रस्ताव गरिएको छ । ”
मुख्यमन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले उज्यालो खबरलाई जानकारी दिदै भन्नू भयो ।
कांग्रेससगको संवाद सकारात्मक रहेको र छलफल गरेर निर्णय गर्ने कुरा कांग्रेसको तर्फबाट आएको उहाले बताउनु भयो । ”
कांग्रेस संसदीय दलका नेता उद्दव थापा सहितको समुहसग बसेर छलफल गरिएकोले आज कांग्रेसले समेत बिश्वासको मत दिन सक्ने अनुमान गरिएको पौडेलले जानकारी दिनु भयो ।
यता कांग्रेस संसदीय दलका नेता थापाले केही संवाद भएपनि यसै गर्ने भन्नेबारेमा कुनै निर्णय नभएको बताउनु भएको छ ।
” आज सरकारलाई बिश्वासको मत दिनुहुन्छ? ” भनेर उज्यालो खबरले गरेको प्रश्नमा थापाले भन्नू भयो ” आज ११ बजे संसदीय दलको बैठक छ । केन्द्रको नेतृत्वसग समेत राय लिएर हामी निर्णय गर्छौ । ”
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ । नेपाली कांग्रेस सग ३३ र नेकपा एकीकृत समाजवादीसग ४ जना सांसद रहेका छन ।









