भिजन भएको नेतृत्व आउनु पर्छ

दमक उवासघं : सदस्यका स्वतन्त्र उम्मेदवार जय बिमली,एजेण्डा, ‘प्यानल डिस्कर्स’ र तीन वर्षे कार्यकालको विष्लेशण (भिडियो वार्ता)

उज्यालो
दमक/
दमक उद्योग वाणिज्य सघंको निर्वाचनमा बिना प्यानल चुनवी मैदानमा उत्रनु भएका उम्मेदवारको नाम हो जय बिमली । उहाँले खुल्ला सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।

संघ राजनिती गर्न जाने सस्था नभएको र व्यापारीलेनै नेतृत्व गर्नुपर्ने भएकाले आफु स्वतन्त्रबाट उम्मेदवार बनेको उहाँले बताउनु भयो ।
‘म अध्यक्षमै उम्मेदवारी दिन्थे तर अहिले विधानगत नपाइने भएकोले खुल्ला सदस्य पदमा उम्मेदवारी दिएको हु। ’ बिमलीले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ‘व्यवासायीका अहिलेका समस्यामा चिन्ता र चासो राख्ने नेतृत्व चाहिएको छ । व्यवसायीसँग हर दिन घुलीन हुने व्यक्ति दमकका व्यवसायीले चाहेका छन् ।’

आफु दमकका विभिन्न क्षेत्रका व्यवसायीसँग घुलमिल भएर सामाजीक र अन्य कामहरु गर्दै आएकोले दमकका कुन व्यवसायीले कस्तो पीडा भोगीरहेका छन् भन्ने कुराको महसुस गरेको बताउनु भयो । ‘अहिले व्यवसायी के चाहन्छन् ? सघंले के गर्दिहाल्नुपर्ने छ त्यो कुरा मैले भुक्तमान भएर पनि बुझेको छु ।’
ती समस्या समाधान गर्न आफुले खुल्ला सदस्य पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

अहिले चुनावमा होमिएका दुई प्यानल मध्ये बिमल खतिवडाको प्यानलले सार्वजनिक गरेको प्रतिवद्धतापत्र शशक्त रहेको बताउँदै उहाँले गोपाल गुरागाईको घोषणापत्रमा भने खासै नयाँ कुरा नआएको पनि उल्लेख गर्नु भयो ।

यस्तै सघंको यो तीन वर्षे कार्यकाल बजारले महसुस गर्न सक्ने गरिको काम गर्न नसकेको पनि टीप्पणी गर्नुभयो ।

बिमलीसँग गरिएको कुराकानीको भिडियोलाई यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा