कोरोनाले रक्तसञ्चारमा रगत अभाव, आभाव पुर्ति गर्न दमक उवासंद्धारा रक्तदान

FB_IMG_1630836977676

दमक/
दमक उद्योग वाणिज्य सघं र दमकमा रहेका विभिन्न सघं सस्थाहरुको सहकार्यमा सयूक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार दमक ६ स्थित नमुना बजारमा सम्पन्न भएको रक्तदानमा ७९ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा दमक उद्योग वाणिज्य सघंकी कार्यसमिती सदस्य लक्की सिटौलाले जानकारी दिनुभयो ।

रोटरी क्लव अफ दमक, लायन्स क्लव अफ दमक लखनपुर, दमक गरिमा, दमक डाइनामिक र सुन्दर समाज नेपालसँगको सहकार्यमा रक्तदान सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि उपशाखा दमकले समन्वय गरेको थियो । कोरोना महामारीका बेला रक्तदान कार्यक्रम कम हुने र रगत बैकमा रगत मौज्दात कम भएको भन्ने गुनासो आएपछि सघंले रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन