ओलीको बोली

एमाले विभाजन भएको छैन, विकास बिरोधी चोइटिएका मात्रै हुन : अध्यक्ष ओली

 

बिर्तामोड/
नेकपा एमाले विभाजन भएर नेकपा एकिकृत समाजवादि पार्टि बनिसकेको छ । निर्वाचन आयोगले पनि दललाई मान्यता दिइ सकेको छ । तर एमालेका अध्यक्ष कपी शर्मा ओलीले भने त्यो दल एमालेबाट विभाजन भएर नभई चाइटिएर गएका छेस्काहरुको समुह मात्रै रहेको बताउनु भएको छ । मंगलबार एमाले जिल्ला कमिटि झापाले विर्तामोडमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामो समयसम्म एमालेमा रहेर नेता माधव कुमार नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको बताउनुभयो ।


एमालेलाई फुटाए पनि सिंगो पार्टीले हिम्मत नहारेको र आगमी तीन तहकै निर्वाचनमा पनि ंएमालेकै जित हुने समेत वहाले दावी गर्नु भयो ।
एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै वहाले प्रतिक्रियाबादीहरुले विकास नचाहेकाले सरकार ढलाइएको तर्क गर्नुभयो । एमाले सरकारले विकास धेरै गरेको देखेर र फेरि पनि हुने निर्वाचनमा एमालेलेनै बहुमत ल्याउने भयका कारण विभिन्न देशी तथा विदेशी सक्तीहरु लागेर सरकार सरकार ढालेको आरोप उहाको थियो ।


जनदेशको सरकार हटाएर बनेको वर्तमान परमादेशको सरकार निर्माण भएको २ महिना वित्दा समेत सरकारले पूणर्ता नपाउनु सरकारको कमजोर क्षमता देखिन थालेको पनि उहाले टिप्पणी गर्नु भयो । अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको उहाको भनाई थियो । यो अवधिमा कांग्रेस नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको उहाको आरोप छ ।

साथै प्रतिनिधी सभाका सभामुखले आफ्नो जिम्मेवार र दावीत्व भुलेको पनि उहाले बताउनु भयो । सभामुख अग्नि प्रसाद सापकोटाले पदिय जिम्मेवारी भुलेर माओवादी केन्द्रको कार्यकताको भूमिका निर्वाह गरेको उहाले आरोप लगाउनु भयो । एमाले पार्टिले कार्वाहि गरेका सांसदहरुको नामावाली संसदको सुचना बोर्डमा टास्न नसक्नु र संसद सञ्चालन हुदा पनि संसदमा पेष गर्न नखोज्नु भनेको सभामुखको गैर जिम्मेवार भूमिका देखिएको उहाको टिप्पणी छ । जवसम्म पार्टिले कार्वाहि र निस्कासन गरेका सांसदहरुको बारेमा सदनलाई जानकारी गराइदैन तव सम्म संसद अवरुद्ध पनि पारीरहने उहाले बताउनु भएको छ ।


यस्तै भेलालाई सम्बोधन गर्दे एमाले केन्द्रीय कमिटि सदस्य तथा झापा जिल्ला कमिटि इन्चार्ज रबिन कोइरालाले पहिलेको निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै आगामी महाधिवेसनमा जुट्नु पर्ने बताउनुभयो । वहाले अबको निर्वाचनमा उच्च मनोबलका साथ अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पार्टि विभाजनको पक्षमा नहुन र एकताबद्ध भइ अघि बढ्न समेत नेता कार्यकर्ता लाई वहाले सुझाव दिनुभयो ।

यस्तै एमाले केन्द्रीय कमिटि सदस्य हिक्मत कार्कीले संविधानको यथार्थतालाई कुल्चीएर अध्यादेश मार्फत एमाले फुटाइएको आरोप लगाउनुभयो । अहिले पनि एमालेलाई कमजोर पार्न चौतर्फी प्रयास भइरहेको भन्दै वहाको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको