ओलीको बोली

एमाले विभाजन भएको छैन, विकास बिरोधी चोइटिएका मात्रै हुन : अध्यक्ष ओली

 

बिर्तामोड/
नेकपा एमाले विभाजन भएर नेकपा एकिकृत समाजवादि पार्टि बनिसकेको छ । निर्वाचन आयोगले पनि दललाई मान्यता दिइ सकेको छ । तर एमालेका अध्यक्ष कपी शर्मा ओलीले भने त्यो दल एमालेबाट विभाजन भएर नभई चाइटिएर गएका छेस्काहरुको समुह मात्रै रहेको बताउनु भएको छ । मंगलबार एमाले जिल्ला कमिटि झापाले विर्तामोडमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामो समयसम्म एमालेमा रहेर नेता माधव कुमार नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको बताउनुभयो ।


एमालेलाई फुटाए पनि सिंगो पार्टीले हिम्मत नहारेको र आगमी तीन तहकै निर्वाचनमा पनि ंएमालेकै जित हुने समेत वहाले दावी गर्नु भयो ।
एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै वहाले प्रतिक्रियाबादीहरुले विकास नचाहेकाले सरकार ढलाइएको तर्क गर्नुभयो । एमाले सरकारले विकास धेरै गरेको देखेर र फेरि पनि हुने निर्वाचनमा एमालेलेनै बहुमत ल्याउने भयका कारण विभिन्न देशी तथा विदेशी सक्तीहरु लागेर सरकार सरकार ढालेको आरोप उहाको थियो ।


जनदेशको सरकार हटाएर बनेको वर्तमान परमादेशको सरकार निर्माण भएको २ महिना वित्दा समेत सरकारले पूणर्ता नपाउनु सरकारको कमजोर क्षमता देखिन थालेको पनि उहाले टिप्पणी गर्नु भयो । अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको उहाको भनाई थियो । यो अवधिमा कांग्रेस नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको उहाको आरोप छ ।

साथै प्रतिनिधी सभाका सभामुखले आफ्नो जिम्मेवार र दावीत्व भुलेको पनि उहाले बताउनु भयो । सभामुख अग्नि प्रसाद सापकोटाले पदिय जिम्मेवारी भुलेर माओवादी केन्द्रको कार्यकताको भूमिका निर्वाह गरेको उहाले आरोप लगाउनु भयो । एमाले पार्टिले कार्वाहि गरेका सांसदहरुको नामावाली संसदको सुचना बोर्डमा टास्न नसक्नु र संसद सञ्चालन हुदा पनि संसदमा पेष गर्न नखोज्नु भनेको सभामुखको गैर जिम्मेवार भूमिका देखिएको उहाको टिप्पणी छ । जवसम्म पार्टिले कार्वाहि र निस्कासन गरेका सांसदहरुको बारेमा सदनलाई जानकारी गराइदैन तव सम्म संसद अवरुद्ध पनि पारीरहने उहाले बताउनु भएको छ ।


यस्तै भेलालाई सम्बोधन गर्दे एमाले केन्द्रीय कमिटि सदस्य तथा झापा जिल्ला कमिटि इन्चार्ज रबिन कोइरालाले पहिलेको निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै आगामी महाधिवेसनमा जुट्नु पर्ने बताउनुभयो । वहाले अबको निर्वाचनमा उच्च मनोबलका साथ अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पार्टि विभाजनको पक्षमा नहुन र एकताबद्ध भइ अघि बढ्न समेत नेता कार्यकर्ता लाई वहाले सुझाव दिनुभयो ।

यस्तै एमाले केन्द्रीय कमिटि सदस्य हिक्मत कार्कीले संविधानको यथार्थतालाई कुल्चीएर अध्यादेश मार्फत एमाले फुटाइएको आरोप लगाउनुभयो । अहिले पनि एमालेलाई कमजोर पार्न चौतर्फी प्रयास भइरहेको भन्दै वहाको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल