पानीकै हैरानी

दमकको उत्तरी क्षेत्रमा आर्सानिक मिसिएको खानेपानी, अल्पकालिन समाधानका लागि निशुल्क पानी छान्ने फिल्टर

 

दमक/
दमकको उत्तरी क्षेत्रमा अझै पनि स्वच्छ खानेपानीको पहुँच पुगेको छैन । जसले गर्दा त्यस क्षेत्रका नागरिक आर्सानिक मिसिएको पानी पिउन बाध्य छन् । आर्सानिक मिसिएको पानीले विभिन्न रोगको सिकार बन्नुका साथै लगाउने कपडाको रङ्गनै परिवर्तन हुने हैरानीले यस क्षेत्रका नागरिकमा छ । तर यो हैरानीलाई केहि हदभएपनि कम गराउँन जनप्रतिनिधीले निशुल्क पानी छान्ने फिल्टर घर घरमै पुर्यादिन थालेका छन् ।

दमक नगरपालिका वडा नं २ की रेनुका बुढाथोकी को घरमा ट्वूवेल गाडिएको छ । ड्यूबेलको पानीमा अध्याधिक आर्सानिक मिसिएको पानी आउँछ । यहि पानी उहाँ घरमा पिउन र अन्य सबै काममा प्रयोग गर्नु हुन्छ । यस्तो पानीले स्वास्थ्यमा समेत विभिन्न रोग लाग्ने गरेको उहाँले बताउनु भयो । साथै लगाउने लुगाको पनि रङ्ग उडेर पहेँलो बन्ने गरेको बुढाथोकीको भनाई छ ।

यस क्षेत्रका नागरिकले यो समस्या भोगेको अहिलेका मात्र होईन । वर्षौ देखिको हो । तर नागरिकले यसबाट पूणर्रुपमा छुकारा पाउन सकिरहेका छैनन् । नागरिकको यो सस्तीलाइ केहि हद भएपनि समाधान गर्न र पिउँने पानीको स्वच्छदाका लागि यहाँ रहेको वडा कार्यालयले निशुल्क पानी छान्ने फिल्टर वितरण गरेको छ । बायोसेण्ड पानी फिल्टरले नागरिकलाई स्वच्छ पानी पिउन सक्न वितरण गरिएको दमक नगरपालिका कार्यपालिका सदस्य चन्द्रकला विस्कर्माले बताउनु भयो ।

अघिल्ला वर्षहरुमा पनि यस प्रकारको फिल्टर वितरण गरिएको र त्यसको प्रभावकारिता बढेकोले यो वर्षपनि यहाँ रहेका १ सय घर परिवारलाई निशुल्क पानी फिल्टर वितरण गरिएको विस्कर्माले बताउनु भयो ।

तर यस प्रकारको पानी छान्ने फिल्टरको प्रयोग क्षणीक हो । दिगो हुन सक्दैन । त्यसैले नगरले दमक २ मा बृहत खानेपानी योजना पनि सञ्चालन गर्दै छ । जग्गा प्राप्त भएर घेराबारा भइसकेको र अव आवश्यक बजेटको प्रबन्ध गर्न लगाएर खानेपानी आयोजना निर्माण गरेर दमकको उत्तरी क्षेत्रका नागरिकलाई स्वच्छ पानी वितरण गर्ने योजना रहेको दमक नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताउनु भयो ।

नगरपालिकाले नागरिकको आवश्यकताका अधारमा धेरै कार्यक्रम बनाएको नगरकी प्रवक्ता तथा उप प्रमुख गीता अधिकारी बताउनु हुन्छ । तर नागरिक स्तरबाट त्यसको संरक्षण र सहि सदुपयोग नहुँदा चाहि कार्यक्रमको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ ।

त्यसैले नगर उप प्रमुख अधीकारी भन्नु हुन्छ सरकारले दिएका यस्ता सम्पत्तीपनि आफ्नै जस्तो ठानौ र त्यसको प्रयोग गरेर अधिकतम फाईदा उठाउनु होस ।


दमकको वडा नं २ ले आफ्नो सामाजिक विकास कार्यक्रम अन्तर्गत बुधबार १ सय घरधुरीलाई निशुल्क बायो फिल्टर वितरण गर्यो । प्रति फिल्टर ३ हजार ५ सय गरि कुल खर्च ३ लाख ५० हजार रुपैँयामा फिल्टर खरिद गरेर घरैमा पुर्याएर जडान समेत गरिदिने पनि व्यवस्था गरिदिएको वडा सचिव बालकृष्ण कोइरालाले जानकारी दिनुभयो ।-

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप