दमक/
विप्पन्न नागरिक जसको घरमा फुस वा खरको छानो छ उनीहरुको त्यो छानो फेरेर जस्तापाताको छानो लगाइदिने कार्यक्रम सुरक्षित जनाता आवास कार्यक्रममा हेलचेक्राई हुने गरेको छ ।
केन्द्र सरकारले कोहि पनि विप्पन्न नागरिकको घर बर्खाको समयमा छानो नचुहियोस भनेर सुरक्षीत बनाउने कार्यक्रम ल्याएको छ । हरेक वर्ष यसकालागि विप्पन्न परिवारको छनौट हुन्छ ।
स्थानिय वडा सरकारले केन्द्र सरकारले बनाएको मापदण्डको आधारमा लाभग्राहिको छनौट गर्छन ।
त्यसरी छनौट भएका परिवारको विवरण संघिय सरकार अन्तर्गतको सघन सहरी भवन निर्माण आयोजनामा फिल्ड सुपरभाइजरको रुपमा काम गरिरहनु भएकी इन्दु न्यौपानेले वडा स्तरका जनप्रतिनिधीहरुरको हेलचेक्राईका कारण कतिपय विप्पन्न नागरिकहरुको घरमा छानो फेर्न नसकिएको बताउनु भएको छ ।
उहाँसँग गरिएको उज्यालो बहसको भिडियो यहाँ राखीएको छ ।









