अम्रिसो कुचोको मूल्य यो वर्ष उच्च

 

इलाम / आर्थिक थेगभरका लागि भरपर्दो स्रोत हुँदै गएको कुचो यो वर्ष उच्च मूल्यमा बिक्री हुँदा इलामका किसान हर्षित भएका छन्। फागुनको अन्तिम सातामा आइपुग्दा अहिले १३० रुपियाँ प्रतिकिलोसम्म खरिद–बिक्री भइरहेको कुचोको यो मूल्य अहिलेसम्मकै उच्च हो।

कुचोको किनबेच हुने मुख्य यो याममा मूल्य भने विगत वर्षभन्दा निकै राम्रो भएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ। अम्लिसोको घाँसबाट उत्पादन हुने कुचो अन्ततः सरसफाइ अर्थात् कसिङ्गर बढार्न प्रयोग हुने गरेको छ। माघ महिनादेखि किसानले कुचो निकालेर बिक्री गर्ने गरेका छन्। यस पटक पनि माघ महिनामा एक सय रुपियाँदेखि ११० रुपियाँ प्रतिकिलोका दरले खरिद–बिक्री भएको कुचोले फागुन महिनामा भने राम्रो मूल्य पाएको अध्यक्ष पौड्यालको भनाइ छ।

“भारतमा कुचोको खपत राम्रो छ। कुचोको खरिद–बिक्री र निकासीमा कुनै समस्या नहुँदा पनि किसानले राम्रो मूल्य पाएका छन्,” पौड्यालले भन्नुभयो, गतवर्ष प्रतिकिलो ८० रुपियाँका दरले किसानले बिक्री गरेको कुचोको मूल्य उच्च हुँदा इलामका किसानलाई धेरै फाइदा मिलेको छ।

पौड्यालले इलामको बिल्याँटे बजारबाट मात्रै बर्सेनि दुई हजार क्विन्टल कुचो निकासी हुने गरेको बताउनुभयो। उहाँका अनुसार इलामका एउटै किसानले ५० मनसम्म कुचो बिक्री गर्ने गरेका छन्।

विगत वर्षमा कुचोको मूल्य २० रुपियाँ प्रतिकिलोसम्म बिक्री भएको थियो। न्यून मूल्यका कारण किसानले कुचो उत्पादनमा ध्यान दिन छोडेका थिए। मूल्य बढेपछि किसानले गोदाममा थन्क्याएको कुचो निकालेर बिक्री गर्न थालेको मङ्गलबारे प्याङका किसान विष्णु आचार्यले बताउनुभयो। “अघिल्लो वर्ष कोभिडका कारण भाउ नआउँदा कति त अम्लिसो नै उखेलियो, यो वर्ष चाहिँ कुचोको पनि भाउ राम्रो छ,” आचार्यले भन्नुभयो। अब अम्लिसो फेरि लगाउने सोच आएको छ। किसानले अम्लिसोलाई बहुउपयोगी वस्तुका रूपमा रोप्ने गरेका छन्। गाईबस्तुलाई घाँस खुवाउन, यसको डाँठ दाउरा बाल्न र फूल बेच्न हुने भएकाले किसान अम्लिसो खेतीप्रति आकर्षित पनि हुने गरेका छन्।

इलामबाट निकासी हुने कुचो झापाको धुलाबारी हुँदै भारतको सिलिगुडी, बेङ्लोरलगायतका सहरमा जाने गरेको छ। इलामबाट गएको कुचो धुलाबारीमा प्रशोधन गरग्रेडिङपछि मात्र निर्यात हुने गरेको छ। जिल्लाका फिक्कल, हर्कटे, बिल्याँटे, नयाँबजार, चिसापानी, मङ्गलबारे, दानाबारी, तीनघरेलगायतका बजार र गाउँमा कुचो बिक्री हुन्छ। सुम्बेक, सुलुबुङ, माईमझुवा, पञ्चकन्यालगायत जिल्लाका अधिकांश गाउँमा कुचो उत्पादन हुने गरेको छ। अझ, कन्याम र कोल्बुङका किसानले त अम्लिसोको कुचोसहित घाँस र डाँठलाई दाउराका रूपमा बिक्री गर्ने गरेका छन्। जिल्लाको साढे पाँच हजार हेक्टरमा अम्लिसो लगाइएको सरकारी तथ्याङ्क छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका