दमक/
दमक उद्योग वाणिज्य सघंले आज बिहान करिव ११ः३० मा एउटा अपील सामाजीक सञ्जाल मार्फत सार्वजनिक गर्यो । सो अपीलमा अहिले झापा सहित कोशी प्रदेशमा भएको आम हड्दारको विरोध गरिएको छ ।
यस्ता बन्द र हड्तालले समस्याको समाधान नगर्ने र वार्ताबाडै यस्तो समस्याको निचोड निस्कने आषय सो अपीलको छ । र आफ्नो माग पुरा गराउन कुनैपनि ब्यापार , व्यवसाय बन्द गराइनु अहिलेको आर्थीक संकटलाई थप प्रशय दिनु हो भन्ने पनि सघंले जारी गरेको अपील मार्फत बुझ्न सकिन्छ ।
अपील हेर्दा दमकका उद्योगी र व्यापारीकै पक्षमा भएको जस्तो देखिन्छ । तर यो ढिला गरि प्रकाशन भएको भन्दै दमकका व्यापारीहरुले सघंको विरोध गरेका छन् ।
सामाजीक सञ्जाल मार्फतनै यस्तो अपील देखेका ब्यापारीहरुले सामाजीक सञ्जालमै आफ्नो प्रतिकृया जनाएर सघंले झारा टार्ने काम गरेको भन्दै आपत्ती पनि जनाएका छन् ।
सघंको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरिएको सो अपिलमा सघंका पर्व द्धितिय उपाध्यक्ष समेत रहनु भएका दमकका उद्यमी यूवराज घिमिरेको टिप्पणी छ ‘ हडतालको तालिका पहिले नै सूचित थियो । आज पनि ११ः३० बजे बिज्ञाप्ती निकालेर गरे जसो मात्र गर्नु र नगर्नु एकै हो ।’
यस्तै सघंका अध्यक्ष गोपाल गुरागाईले अपीलमा लेखिएको कुरालाई जस्ताको तस्तै शब्द मार्फतनै फेसबुकमा गर्नु भएको पोष्टमा यूवा व्यवसायी विदुर भण्डारी लेख्नु हुन्छ ‘झारा टार्ने अपिल । त्यो पनि मध्य दिनमा आएको ।’
सघंका बरिष्ठ उपाध्यक्ष राजु खड्काले गरेको पोष्टमा दमक नगरपालिका वडा नं १० कि वडा सदस्य भूमिका आचार्य टिप्पणी गर्नु हुन्छ ‘यसरी आधा दिन मा सूचना निकालेर बाणिज्य संघ पन्छिनु हुदैन, दमक बन्द मुक्त छेत्र घोषणा गरि हिजो पत्रकार सम्मेलनमार्फत जानकारी गराई आज खोल्ने बाताबरण बनाउने प्रयत्न गर्नुपर्थ्यो,सुरुङ्गा लाई हेर्नुस् त,कहिले बन्द हुदैन त, केही भएको छैन त। सयौं ब्यापारी का ढोका मा बैंक ले लिलाम गरेर गार्ड राखेको छ, यस्तो दर्दनाक अवस्थामा घरमै थुनिनु पर्ने??’
यद्यपी दमकको पूर्व पश्चिम राजमार्गको पसहरु छिटफुट खुलेका छन् भने बजारका धेरैजसो पसलरु खुलेका छन् । बन्दकर्ताहरुलाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ समेत गरिरहेको छ । अहिले पूर्व पश्चिम राजमर्गमा आवागमन केहि खुकुलो पनि भएको छ ।
सडकमा प्रहरी प्रशाषन पूणर् रुपमा परिचालन गरिएको छ । बन्दकर्ताहरुपनि सडकका रहेका छन् । प्रहरी बजार क्षेत्रमा प्रवेश गरि बजार खुलाउने काम पनि गरिरहेको छ ।










