नेपाली चियाको स्वादलाई प्रबर्द्धन गर्दै बिशिस्टिकृत सहकारी संघ , ठाउँ ठाउमा निशुल्क चिया पिउने ‘स्टेसन’

 

 

दमक/
भारत लगायत अन्य देशबाट आयातित चियाको प्रयोगलाई निरुत्साहित गर्न झापामा निशुल्क चिया पिउने ‘स्टेसन’ सुरु भएको छ ।
कोशी प्रदेशमा रहेका विभिन्न सहकारीबाट उत्पादन भएका कृषिजन्य सामाग्री तथा चियाको स्वाद चखाउन अहिले थोक उपभोक्ता बिशिस्टिकृत सहकारी संघ कम्मर कसेर लागेको छ ।

यसका लागि संघद्वारा बजारीकरण गरिएको अल्पाईन ब्रान्डको चियाको स्वाद निशुल्करुमपा चखाई रहिएको छ ।

कोशी प्रदेशमा रहेका विभिन्न सहकारीहरुले संचालन गरेका सहकारी पसल अगाडि बेग्लै स्टेसन बनाएर नेपाली चियाको स्वाद चखाउने काम गरेको हो ।

सहकारीको उत्पादन आम उपभोक्ता माझ सहज रुपमा पुर्याउनुका साथै सहकारीले उत्पादन गरेका सामानहरु स्वस्थ्य र अर्गानिक हुने सन्देश दिन यो प्रकारको कामको थालनी गरिएको संघका सचिव प्रेम सापकोटाले जानकारी दिनु भयो ।

अहिले निशुल्क चिया पिउने स्टेसन बिर्तामोड , सुरुङ्गा लगायतका स्थानमा रहेका सहकारी पसल अगाडि स्थापना गरिएको छ ।

सताशी , एन एम सि , स्वरोजगार लगायत सहकारीहरुको पसल अगाडि स्टेसन रहेका छन ।

यी स्टेसनमा पुगेर दैनिक जसो उपभोक्ताले निशुल्क चिया पिउने गरेको र यसबाट नेपाली उत्पादन प्रती सर्वसाधारणको बिश्वास बढ्दै गएको संघका प्रबन्धक सन्दीप गिरिले उज्यालो खबरलाई जानकारी दिनु भयो ।

सहकारीको उत्पादन सहकारीद्वारै बजारीकरण गर्ने लक्ष्यका साथ प्रदेश १ थोक उपभोक्ता बिशिस्टिकृत सहकारी संघ लिमिटेडले अहिलेसम्म तीन हजार बढिलाई निशुल्क चियाको स्वाद चखाई सकेको छ ।

संघले चिया, मह, तोरिको तेल , बेसार लगायतका दैनिक उपभोग्य कृषीजन्य सामाग्रीको बजारीकरण गर्दै आएको छ ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp