मलको मूल्यवृद्धि तत्काल खारेज गर्न किसान महासंघ झापाको माग

 

झापा  /  अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मुल्य वृद्धिको विरोध गर्दै बढेको मुल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले सोमवार मलमा दिइएको अनुदान घटाएर मुल्य समेत वृद्धि गरेको थियो ।

किसान महासंघले मूल्यवृद्धिको घोर विरोध गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त र गुणस्तरहीन मलको आयात रोक्नुपर्ने लगायतको माग गरेको छ । मङ्गलवार नेपाल किसान महासंघ झापाका अध्यक्ष विमल निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, – किसानहरूले प्रयोग गर्दै आएको मलको प्रभावकारी अनुगमन समेत गर्नुपर्छ । उनले सरकारको नीतिका कारण किसानहरू निराश हुँदै गएको बताए ।

बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै काम गर्नु परेको अध्यक्ष निरौलाको भनाई छ । उनले उन्नत बिउँको अभावका कारण बालीमा आशाजनक फल समेत प्राप्त नभएको बताए । अध्यक्ष निरौलाले मलका कालाबजारी भइरहेको आरोप समेत लगाएका छन् । किसानले उत्पादन गर्ने कृषि वस्तुहरूले सरकारले तोकेको समर्थन मुल्य समेत नपाइरहेको भन्दै उनले भारतबाट आयात भइरहेको कृषि वस्तुका कारण नेपाली बजार अस्तव्यस्त भएको बताएका छन् ।

किसान बनेर जीवन निर्वाह गर्न कठिनाइ भइरहेको भन्दै किसान महासंघले किसानको हितमा सरकारले नीति निर्माण गर्नुपर्ने माग राखेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका