सहकारीको अभियान : एक सदस्य एक स्वरोजगार कार्यक्रम

 

दमक/
झापाको दमकमा रहेको स्वणर् लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार आफ्नै शभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरि सस्थाले आफ्नो एक हप्ते सधारणसभा सम्पन्न गरेको हो । समापन कार्यक्रमका वक्ताहरुले देशको समृद्धि र विकासका लागि सहकारीको आवश्यकता रहेको औँलाउनु भएको थियो भने अव सहकारीहरुले आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिनु पर्नेमा पनि जोड दिएका थिए ।

एक सदस्य एक व्यवसाय, अनि बन्ने छन् हरेक सदस्य आत्मनिर्भर । यसैले देशको राष्ट्रिय अर्थतन्त्रमा मद्यत पुग्ने विस्वास छ दमक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टेक बहादुर थापाको । दमक स्थित स्वणर् लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको १२ औ साधारण सभा समापन कार्यक्रममा आफ्ना कुरा राख्दै वडाध्यक्ष थापाले सहकारीले अव पैसा लिने र दिनेमा मात्र ध्यान केन्द्रित गर्नु भन्दा पनि देशका ठुला योजनामा पनि एकिकृत ढंगले लगानी गरेर काम गर्न अनुरोध गर्नु भएको छ ।


यस्तै मेची सहकारी सस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले सहकारी देशको अर्थतन्त्रको च खम्बा मद्ये एक भएपनि निजी क्षेत्रले सहकारीलाई स्विकार गर्न नसकिरहेको बताउनु भयो । सहकारीले देशका धेरै योजनाहरु सफल पुर्याउन लगानी समेत जुटाउन सक्ने बताउँदै साझा योजना बनाएर अघि बढ्न पनि आफूहरु तयार रहेको भट्टराईको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी महासघंका सन्चालक  गणेश ढकालले बचत तथा ऋण सहकारी सस्थाहरुले बहुयोजनाहरुमा लगानी गर्दा केहि समस्या हुने गरेको पनि बताउनु भयो । तर यो समस्या समाधानकालागि सहकारीहरुले कम्पनी स्थापना गरेको र त्यो कम्पनी मार्फत बहु व्यवसायमा लगानी गर्ने वातावरण रहेकोले सहकारीहरुको लगानी थप फराकिलो बन्न सक्ने बताउनु भयो । सहकारीको लगानी सेयर सदस्यमा मात्र नभएर वहु योजनामा पनि लगानी गर्न सहज भएको खण्डमा देश समृद्धि अभियानमा सहकारीको भूमिका प्रवल हुने उहाँले उल्लेख गर्नु भयो ।

सस्थाले कोरोना कालमा पनि आफ्नो कारोबारलाई बृद्धि गर्न सकेको र जिल्लाका ९ वटा अर्वको कारोबार गर्ने सहकारी मध्येमा पर्न सफल भएको भन्दै सहकारीको गतिविधिको प्रशषा पनि भएको थियो ।

सस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अहिले सम्ममा १ अर्व ८ करोड १४ लाख ९७ हजार  बढीको कारोबार गरेको छ भने ८९ करोड, ३९ लाख ५८ हजार ७ सय १६ रुपैँया ऋण लगानी गरेको छ । कोरोना कालमा पनि सस्थाले आफ्नो कारोबारमा असर नपारीस् ३६ प्रतिशतको हाराहारीमा बृद्धि गरेको गरेको अध्यक्ष रवि केसी न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सस्थाले स्वरोगार बन्न चाहनेका लागि २ लाख रुपैँया सम्म बिना धितो ऋण लगानी पनि गर्दै आएको छ । साथै स्वरोगार बिस्तार सम्बन्धीका योजनाहरु पनि बनाइएको सस्थाका व्यवस्थापक कमल घिमिरेले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,