दमकका मेयरलाई प्रश्न ‘राम राज्य’ कसरी चल्दैछ ?( भिडियो संवाद)

दमक/
दमक नगरपालिकाका प्रमुख राम कुमार थापा अहिले के मा व्यस्त हुनुहुन्छ भन्ने जिज्ञासा धेरैको छ ।

पहिलाको भन्दा अहिले नगरपालिका सञ्चालनमा कठीनाई छन् कि भन्ने आशंका पनि धेरैमा छ । किनकी पहिला एकै दलबाट निर्वाचित भएकाहरुले यसको नेतृतव गर्दथे ।

कार्यपालिकामा त्यहि दलको बहुमत हुन्थ्यो । अन्य दलबाट उम्मेदवार बनेर निर्वाचन जीतेकाहरुले पनि कार्यपालिकामा ठुलो संख्यामा उपस्थिती जनाएका अथावा नेतृत्वसँग समन्वय गरेर काम गर्दथे ।

तर यो पटक दमक नगरपालिकामा केहि फेरबदल भयो । कार्यपालिकामा एमालेबाट निर्वाचितभएकाहरुको संख्या धेरै छ अर्थात बहुमत छ तर सरकारको नेतृत्व भने राप्रपाबाट निर्वाचितको छ । यती मात्रै नभएर उप प्रमुख पनि बहुमत प्राप्त दलको नभएर नेपाली काग्रेसको छ ।

यस्तो परिदृश्यमा नगरपालिकाका जनप्रतिनिधीहरु तीन तरिकाले काम गरिरहेका छन् वा एकै शैलि र तरिकाकाले नगरको समृद्धि तर्फ लागीरहेका छन् भन्ने कुराको जीज्ञासा धेरैमा छ ।

यसै सन्दर्भमा उज्यालो खवरले नगर कसरी सञ्चालन भइरहेको छ ? र यसमा देखिएका दुविधाको हल कसरी गरिरहनु भएको छ भन्ने बारेमा नगरपाकिलाका प्रमुख राम कुमार थापालाई प्रश्न गरेका छौ ।

उहाँसँगको संवाद यहाँ राखीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp