सहकारी विस्तार अभियान

‘अव नेपालको सहकारी अभियान अन्तराष्ट्रिय स्तरमा फैलाउन पर्छ’ : पोखरेल

 

दमक/
नेपालको सहकारी अभियानलाई अव अन्तराष्ट्रियस्तर सम्म जोड्न आवश्यक रहेको राष्ट्रिय सहकारी महासघंका उपाध्यक्ष रमेश पोखरेलले बताउनु भएको छ ।

बुधबार झापाको कमलमा प्रधान कार्यालय रहेको पूर्व नेपाल बहुउदेस्य सहकारी सस्था लिमिटेडको २१ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो ।

नेपाली उत्पादन विस्वका १ सय १५ वटा देशले माग गरिरहेको र त्यो माग निजी क्षेत्रले पुर्ती गर्न नसकरिहेको अवस्थामा अव त्यो काम सहकारी मार्फत गर्न पर्ने  उहाँको जोड रहेको छ ।


नेपालका उत्पादनहरु, कफि, चिया, मह, अलैँची जस्ता उत्पादनको माग विदेशमा अत्याधिक रहेको भन्दै पोखरेलले त्यो माग अव सहकारीहरुको वशिष्टिकृत लगानीको कम्पनी स्थापना गरेर अन्तराष्ट्रिय सम्बन्ध स्थापीत गर्न सकिने पोखरेलले सुभकामना मन्तव्यका क्रममा बताउनु भएको हो ।

अर्वौको कारोबारमा पूर्व नेपाल

झापाको ग्रामिण क्षेत्रमा स्थापना भएको पूर्व नेपाल सहकारी गाउँका नागरिकको आर्थीक स्तर बृद्धि गर्न महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै कार्यक्रमका वक्ताहरुले प्रसंषा पनि गर्नु भएको थियो ।

२०५७ साल माघ ९ गते ३४ जना सदस्यहरुले ३७ हजार ४०० को शेयर पुजीबाट सुरु गरेको सहकारी अहिले जिल्लाकै उत्कृष्ट सहकारीमा पर्न सफल भएको छ । सस्थाको अहिले १२ करोड ५५ लाख २२ हजार ५ सय शेयर पुजी रहेको छ भने १ अर्व ७६ करोड८२ लाख १६ हजार ९० रुपैँयाको कर्जा लगानी गरिएको छ ।


वार्षिक साधारणसभाको अवसरमा सस्थाका सस्थापक अध्यक्ष गणेश ढकालले स्थापना गर्नु भएको अक्षयकोषको ब्याजबाट एक जना सहकारीकर्मी र सञ्चारकर्मीलाई सम्मान पनि गरिएको थियो ।

सम्मानीत हुनुहुनेहरुमा मोरङका सहकारी अभियान्ता केशव पोखरेल रहनु भएको थियो भने सञ्चारकर्मीका रुपमा हिमशिखर मिडिया ग्रुपका समाचार संयोजक तथा उज्यालो खवरका सञ्चालक भूमिराज पराजुली रहनु भएको थियो ।

सहकारीले झापा र मोरङमा गरि १५ स्थानबाट सेवा प्रवाह गरिरहेको छ । कमलको तोपगाछीमा प्रधान कार्यालय रहेको सहकारीले गौरिगञ्ज, बिर्तामोड, दमक, दुधे, चन्द्रगढी, सुरुङ्गा, गौरादह, धुलाबारी ,बुधबारे, काँकरभिट्टा, मोरङको उर्लाबारी र मधुमल्लाबाट सेवा प्रवाह गरिरहेको छ ।

अन्य ८ स्थानमा पनि सेवा विस्तारका लागि सहकारी रजिस्टारको कार्यालयबाट अनुमती प्राप्त भइसकेको अध्यक्ष प्रेम सापकोटाले सार्वजनिक गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


मोरङको पथरी, कानेपोखरी, रमाईलो, बेलबारी, सुन्दरहरैँचा, बुढिगंगा र इलामको चुलाचुली सहित रोङमा पनि सेवा केन्द्र विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सहकारीले अव मर्यादित श्रम र प्रविधिमा सहकारी भन्ने नारा लिएर अघि बढेको पनि अध्यक्ष सोपकोटाले प्रतिवेदन सार्वजनिक गर्दै बताउनु भयो । सस्थाको अवको अभियान भिजन २०८० रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सस्था जिल्लामा रहेका सहकारीहरु मध्ये कोराबारका आधारमा उत्कृष्ट पाँचमा रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।