सहकारी विस्तार अभियान

‘अव नेपालको सहकारी अभियान अन्तराष्ट्रिय स्तरमा फैलाउन पर्छ’ : पोखरेल

 

दमक/
नेपालको सहकारी अभियानलाई अव अन्तराष्ट्रियस्तर सम्म जोड्न आवश्यक रहेको राष्ट्रिय सहकारी महासघंका उपाध्यक्ष रमेश पोखरेलले बताउनु भएको छ ।

बुधबार झापाको कमलमा प्रधान कार्यालय रहेको पूर्व नेपाल बहुउदेस्य सहकारी सस्था लिमिटेडको २१ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो ।

नेपाली उत्पादन विस्वका १ सय १५ वटा देशले माग गरिरहेको र त्यो माग निजी क्षेत्रले पुर्ती गर्न नसकरिहेको अवस्थामा अव त्यो काम सहकारी मार्फत गर्न पर्ने  उहाँको जोड रहेको छ ।


नेपालका उत्पादनहरु, कफि, चिया, मह, अलैँची जस्ता उत्पादनको माग विदेशमा अत्याधिक रहेको भन्दै पोखरेलले त्यो माग अव सहकारीहरुको वशिष्टिकृत लगानीको कम्पनी स्थापना गरेर अन्तराष्ट्रिय सम्बन्ध स्थापीत गर्न सकिने पोखरेलले सुभकामना मन्तव्यका क्रममा बताउनु भएको हो ।

अर्वौको कारोबारमा पूर्व नेपाल

झापाको ग्रामिण क्षेत्रमा स्थापना भएको पूर्व नेपाल सहकारी गाउँका नागरिकको आर्थीक स्तर बृद्धि गर्न महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै कार्यक्रमका वक्ताहरुले प्रसंषा पनि गर्नु भएको थियो ।

२०५७ साल माघ ९ गते ३४ जना सदस्यहरुले ३७ हजार ४०० को शेयर पुजीबाट सुरु गरेको सहकारी अहिले जिल्लाकै उत्कृष्ट सहकारीमा पर्न सफल भएको छ । सस्थाको अहिले १२ करोड ५५ लाख २२ हजार ५ सय शेयर पुजी रहेको छ भने १ अर्व ७६ करोड८२ लाख १६ हजार ९० रुपैँयाको कर्जा लगानी गरिएको छ ।


वार्षिक साधारणसभाको अवसरमा सस्थाका सस्थापक अध्यक्ष गणेश ढकालले स्थापना गर्नु भएको अक्षयकोषको ब्याजबाट एक जना सहकारीकर्मी र सञ्चारकर्मीलाई सम्मान पनि गरिएको थियो ।

सम्मानीत हुनुहुनेहरुमा मोरङका सहकारी अभियान्ता केशव पोखरेल रहनु भएको थियो भने सञ्चारकर्मीका रुपमा हिमशिखर मिडिया ग्रुपका समाचार संयोजक तथा उज्यालो खवरका सञ्चालक भूमिराज पराजुली रहनु भएको थियो ।

सहकारीले झापा र मोरङमा गरि १५ स्थानबाट सेवा प्रवाह गरिरहेको छ । कमलको तोपगाछीमा प्रधान कार्यालय रहेको सहकारीले गौरिगञ्ज, बिर्तामोड, दमक, दुधे, चन्द्रगढी, सुरुङ्गा, गौरादह, धुलाबारी ,बुधबारे, काँकरभिट्टा, मोरङको उर्लाबारी र मधुमल्लाबाट सेवा प्रवाह गरिरहेको छ ।

अन्य ८ स्थानमा पनि सेवा विस्तारका लागि सहकारी रजिस्टारको कार्यालयबाट अनुमती प्राप्त भइसकेको अध्यक्ष प्रेम सापकोटाले सार्वजनिक गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


मोरङको पथरी, कानेपोखरी, रमाईलो, बेलबारी, सुन्दरहरैँचा, बुढिगंगा र इलामको चुलाचुली सहित रोङमा पनि सेवा केन्द्र विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सहकारीले अव मर्यादित श्रम र प्रविधिमा सहकारी भन्ने नारा लिएर अघि बढेको पनि अध्यक्ष सोपकोटाले प्रतिवेदन सार्वजनिक गर्दै बताउनु भयो । सस्थाको अवको अभियान भिजन २०८० रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सस्था जिल्लामा रहेका सहकारीहरु मध्ये कोराबारका आधारमा उत्कृष्ट पाँचमा रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ