दमक/
बैक तथा वित्तिय सस्थाहरुको ब्याज छुट तथा मिनाह गराउने भन्दै देशब्यापी अभियान सञ्चालन गर्नु भएका दुर्गा प्रसाई आज झापाको दमक आइपुग्नु भएको छ ।
उहाँलाई दमकका रहेको केहि व्यवसायी तथा यूवाहरुको समुहले स्वागत समेत गर्यो ।
दमक स्थित दमक मलमा एक केहि व्यवसायी तथा यूवाहरुसँग प्रसाईले कुराकानी पनि गर्नु भयो ।
यसै सन्दर्भमा उहाँले उज्यालो खवरलाई सक्षीप्त प्रतिकृया दिदै भन्नु भयो ‘देश त १२/१५ जना नेता र ५५ जना व्यापारीले सकेका रहेछन् नी ।’
‘देशको भुमि छ तर यहाँका सबै श्रोत साधन विदेशीले किनिसेका रहेछन् ’ प्रसाईले भन्नु भयो ‘देश आर्थीक रुपमा जरजर अवस्थामा रहेको बेला यहाँका व्यवसायीले विदेशमा लगेर लगानी गरेका छन् । नेताले विदेशमा पैसा जम्मा गरेका छन् ।’ प्रसाईले प्रष्ट पार्नु भयो ।
आगामी असार मसान्त सम्ममा कोभिडको समयमा भन्दा धेरै नेपालीहरुको शव निस्कने उहाँले दावी पनि गर्नु भयो ।
आर्थीक रुपमा कमजोर बन्दै गएपछि मानीसहरु आत्महत्याको विकल्पमा जाने भएकोले देशका सञ्चालकहरुले यो कुरामा ध्यान दिनु पर्ने उहाँको आशय रहेको थियो ।
संख्या नै तोकेर भन्नु भएका प्रसाईलाई उज्यालो खवरले कुन श्रोतका आधारमा तपाईले यसरी ठोकुवानै गरेर भन्नु भयो भनेर सोधेको प्रश्नमा उहाँले आफु दुबइ गएका बेला त्यो भिल्ला (अपार्टमेण्ट भएको ठाउँ) फलानाको त्यो भिल्ला फलानाको ,अनी चौधरी ग्रुपको दुबइमा भएको लगानी भन्दै ‘यी नै आधार भएनन् र’ भनेर जवाफ दिनु भएको थियो ।
उहाँले दिएको प्रतिकृयाको भिडियो यहाँ राखीएको छ ।