भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा

 

झापा / अवैधरुपमा भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा परेका छन् ।

जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताए। उनका अनुसार झापाको एक सय ४४ किलोमिटर सीमा क्षेत्रबाट दैनिक चार हजार किलोभन्दा बढी मासु, जिउँदो कुखुरा र अण्डा अवैधरुपमा भित्रिरहेको छ । यसबाट वार्षिक रु ५० करोडभन्दा बढी रकम अनाधिकृत ढङ्गले विदेश गइरहेको छ ।

“दुई खर्बभन्दा बढी लगानी र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान दिइरहेको पोल्ट्री व्यवसायबाट लाखौँले रोजगारी पाइरहेका छन्”, निरौलाले भने, “आत्मनिर्भर एउटा मात्र कृषि उद्योगको रुपमा रहेको यसलाई जोगाउन अवैध आयात कडाइका साथ रोक्न राज्यले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।”

कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङले मासुको धन्धाले गर्दा हजारौँ किसानको स्वदेशी उत्पादन बर्बाद हुने अवस्था आउन नदिन राज्यले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गरे । मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगीरथ राईले केही धनधावालले भारतबाट मरेका कुखुरासमेत लुकीछिपी ल्याएर सीमावर्ती बजारमा बेच्ने गरेको उल्लेख गर्दै यसबाट वैधानिक र स्वच्छ व्यवसाय गर्ने बदनाम भइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कुखुराको मासु, अण्डा र जिउँदो कुखुरा भारतबाट आयात गर्न प्रतिबन्ध रहेकाले त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका