"फोहोर संकलनमा कडाई गरिदै"

दमकमा अव ‘कार्ड’ नभएकाएकाहरुको फोहोर नउठाइने

 

दमक/
झापाको दमकमा निजी कम्पनीले फोहोर संकलन गरिरहेको छ । फोहोर संकलन गर्नलागि भनेर दमक नगरपालिकाले यहाँको नेक्स्ट इरा इनर्जीलाई जिम्मा दिएको छ । संकलीत फोहोरबाट ग्यास तथा मल बनाउने गरिको सम्झौता छ । कम्पनीले सम्झौता अनुसार संकलीत फोहोरबाट अहिले ग्यास बनाइरहेको छ । तर त्यसको वितरणको काम हुन नसकेर त्यसै खेर गइरहेको छ भने मल बनाउने काम पनि भइरहेको छ ।

दमकमा फोहोर संकलन गराउनकालागि नगरपालिका र नेक्स्ट इराले उपलब्ध गराएको परिचय पत्र अनिवार्य हुनुपर्छ । त्यो परिचयपत्र नगरपालिकामा बन्छ । नगरले घरको आकार, पसलको प्रकृतिका हेरेर सोहि बमोजिमको राजस्व लिएर परिचयपत्र बनाइदिने गरेको छ । तर अधिकांश दमक बजारका व्यवसायीहरुले यस प्ररकारको परिचयपत्र नबनाएको फोहोर संकलनको जिम्मा पाएको कम्पनीका प्रबन्ध निर्देशक बिमल खतिवडाले बताउनु भयो ।

उज्यालो खवरसँग छोटो कुराकानी गर्दै खतिवडाले भन्नु भयो ‘दमकको मुख्य गरि बजार क्षेत्रका २० प्रतिशत व्यवसायीले पनि परिचयपत्र बनाएका छैनन । यसरी परिचयपत्र नबनाउने , फोहोर संकलन गराउँदा तिर्नु पर्ने न्यूनतम शुल्क पनि नतिर्ने अनि दमक कसरी सफा हुन्छ ?’ खतिवडाले प्रश्न गर्दै भन्नु भयो ।

सफा नगर बनाउन सबै नगरबासीले समेत आफ्नो कर्तव्य पालना गर्नुपर्ने उहाँको भनाई थियो । अव फोहोर संकललन गर्दै गर्दा परिचय पत्र हेरेर जस्को परिचयपत्र छ र नियमित त्यस बराबरको शुल्क पनि तिरेको छ भने उनीहरुको मात्रै उठाउँने अन्यको फोहोर उठाउने काम रोक्ने छौ ।’ खतिवडाले प्रष्ट पार्नु भयो ।

Share: