किसानलाई बेमौसमी तरकारी खेतीका लागि प्रयोग हुने टनेल वितरण

tannel

 

ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ । तरकारी खेती गर्दै आएका फुङ्लिङ नगरपालिका–७ का ५० जना किसानलाई छाहारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको हो ।

तरकारीजन्य खेती गरेर आत्मनिर्भर बन्न खोज्ने कृषकहरूलाई सहयोग पुर्याउने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष योगेन्द्रप्रसाद निरौलाले बताउनुभयो । नगरप्रमुख अमिर मादेन र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको उपस्थितिमा वडा कार्यालयमै किसानलाई बोलाएर टनेल वितरण गरेको वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो । 

फुङ्लिङ नगरपालिका–७ दोखुका किसानलाई टनेल वितरण गर्दै नगरप्रमुख मादेनले टनेल खेतीबाट उत्पादन हुने तरकारीजन्य वस्तु स्वस्थ हुने बताउनुभयो । कतिपय किसानले टनेल लैजाने र सही सदुपयोग नगर्ने गरेको पनि पाइएकाले त्यसो नगर्न किसानलाई प्रमुख मादेनले आग्रह पनि गर्नुभयो । तरकारी उत्पादन गरेर हरेक किसान आत्मनिभर बनुन् भन्ने नगरपालिकाको उद्देश्य रहेको उहाँको भनाइ छ । 

उपभोक्ताको चाहाना स्वस्थवद्र्धक उपभोग्य वस्तुमा हुने हुँदा टनेललाई सही सदुपयोग गरी स्वस्थ तरकारी उत्पादन गर्न प्रमुख प्रशासकीय अधिकृत रिमालले किसानलाई आग्रह गर्नुभयो । यता बोलपत्रको माध्यममार्फत गुणस्तरीय टनेल सामग्री ल्याएर किसानलाई वितरण गरेको वडाध्यक्ष निरौलाले बताउनुभयो । वडाले उपलब्ध गराएको टनेललगायत सामग्रीको सही सदुपयोग भए-नभएको किसानको घरघरमा पुगेर अनुगमन गर्ने पनि उहाँले दाबी गर्नुभयो ।

सदरमुकाम फुङ्लिङ बजार नजिकको वडा भएकाले दोखुका अधिकांश किसान तरकारी तथा फलफूल खेतीमा संलग्न रहँदै आएका छन् । उनीहरूले उत्पादन गर्ने गोलभेँडा, काउली, रायो साग, खुर्सानी, भिन्डा, सिमी, मुला, गाजर लगायतका तरकारीजन्य वस्तुहरू फुङ्लिङमा मङ्गलबार र शनिवार लाग्ने हाटमा बिक्री गर्ने गरेका छन भने केही उत्पादन जिल्ला बाहिरसमेत निर्यात हुने गरेको बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।