दमकमा पनि यस्ता शौचालय ? सुरक्षीत शौचालय निर्माण गरिदिने वडाध्यक्ष गुरुङको अभियान ( भिडियो रिपोर्ट)

 

दमक/
झापाको दमक नगरपालिका वडा नं ५ मा पर्छ हर्क कुमारी राईको घर ।
नगरकै विकसित वडामा पर्ने यो वडामा उहाँले सुरक्षित तरिकाले अहिले सम्म सौच गर्न पाउनु भएको छैन । बासका चित्रा र केहि पुराना जस्ताले बेरेर बनाइएको शौचालय असुरक्षीत छ ।

सुरक्षीत सेफ्टिी ट्याकी छैन । शौचालयको पछाडी पट्टि खाल्डो खनेर उहाँले फोहोर शौच थुपार्नु भएको छ । जसको दुर्घन्ध गाउँभर फैलन्छ । उहाँले आफुलाई यस्तो अवस्थाबाट मुक्त गराउन केहि थान रिङ स्थानिय सरकासँग माग गर्नु भएको छ ।

अझ कतिपय ठाउँमा त यस्ता जोखिमयूक्त ठाउँमा शौच गर्ने बनाइएको छ कि जहाँ अलिक बर्खामा शौच गर्न बस्यो भने शौचालय सहित शौच गर्न बसेको व्यक्ति सोझैमा खोलामा पर्ने । यस्ता जोखिम यूक्त ठाउँमा बनेको शौचालयलाई भने अव यहाँको वडा सरकारले विस्थापन गराउने भएको छ । यसका ठाउँमा नयाँ शौचालय बनाइदिने भएको छ ।

दमक नगरपालिका वडा नं ५ ले आफ्नो वडामा रहेको विपन्न तथा सुकुम्बासी बस्तिको शौचालयका कत्तिको सुरक्षीत रहेछ भन्ने कुराको अनुगमन गर्यो । कार्यक्रम जनतासँग जनप्रतिनिधिको पहिलो अंकमा हामीले सुकुम्बासी बस्ति भित्र असुरक्षीत शौचालय रहेको भन्ने बारेमा रिपोर्ट प्र्रस्तु गरेका थियौ । त्यसबेला वडाध्यक्ष इन्द्र गुरुङ्गले त्यस्ता ठाउँमा स्थलगत अनुगमन गरि आवश्यक पर्ने घरहरुमा सुरक्षीत शौचालय बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । सोहि प्रतिवद्धता पुरा गर्न उहाँको सिङ्गो टीमनै वडाको निरिक्षणमा हिड्यो ।

निरिक्षणका क्रममा ६० देखी ७० घरमा सुरक्षीत शौचालय निर्माण गर्न आवश्यक पर्ने रहेछ । कुन घरमा कती र के आवश्यक रहेछ भन्ने कुराको तथ्याकं निकालीइएको छ । अव केहि दिन भित्रैमा यहाँका बस्तिमा बनाउनु पर्ने शौचालयकालागि सामाग्री खरिद गरेर दिने तयारी वडाले गरेको छ ।

अनुगमनका क्रममा देखिएका दृष्य समेटिएको भिडियो रिपोर्ट हेरौ

वडाध्यक्ष गुरुङसँग यहि विषयमा गरिएको संवादको भिडियो यहाँ हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp